शुक्रबार, जेठ ४, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: १४:५८ |सिड्नीको समय: १२:५८ |काठमाडौंको समय: ०८:४३

नेपाल र अष्ट्रेलियाबिच भएको ‘टीफा’ सम्झौता के हो ?

एएनजेड खबरफ्रेब्रवरी १७, २०२४

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदको अष्ट्रेलिया भ्रमणका क्रममा नेपाल र अष्ट्रेलियाबिच व्यापार तथा लगानी सम्बन्धी ‘टीफा’ सम्झौता भयो ।

अष्ट्रेलियाका लागि नेपालका राजदूत कैलाशराज पोखरेल र अष्ट्रेलियाका सहायक विदेशमन्त्री टिम वाट्सबिच उक्त सम्झौतामा हस्ताक्षर भएको थियो । परराष्ट्रमन्त्री साउद र अष्ट्रेलियाली समकक्षी पेनी वोङको उपस्थितिमा उक्त सम्झौतामा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जानकारी दिइएको थियो ।

हस्ताक्षर सम्पन्न भएपछि दुवै देशका परराष्ट्रमन्त्रीहरुले नेपाल र अष्ट्रेलियाबिच मैत्रीपूर्ण सम्बन्ध थप उचाइमा पुर्‍याउन सम्झौता महत्वपूर्ण हुने धारणा राखेका थिए। सम्झौतामा हस्ताक्षर गरेका अष्ट्रेलियाली सहायक विदेशमन्त्री वाट्सले अष्ट्रेलिया र नेपालबीचको सम्बन्ध जनस्तरसम्म नै पुगेको बताएका थिए । उक्त सम्झौताका बारेमा राजदूत कैलाशराज पोखरेलले सम्झौताका बारेमा सामाजिक संजालमार्फत जानकारी दिएका छन् ।

हालै अस्ट्रेलियाको पश्चिमी राज्य पर्थमा हस्ताक्षर गरिएको व्यापार तथा लगानी सम्बन्धी सम्झौता (Trade and Investment Framework Arrangement -TIFA) नेपाल -अष्ट्रेलिया सम्बन्धको एउटा महत्वपूर्ण milestone भएकोले यसबारेमा तपाईहरुको जानकारीको लागि प्रस्तुत गरेको छु।

1. टिफा भनेको के हो ?

यो नेपाल र अस्ट्रेलिया सरकार विच सम्पन्न द्वि – पक्षीय सम्झौता हो । यस अन्तर्गत दुई देश विचको ब्यापार तथा लगानी बढाउन सहजीकरण, प्रबर्द्धन र प्रविधिक सहयोग समेतको लागि एउटा संयन्त्रको गठन गरिन्छ जसमा दुवै देशका सम्बन्धित निकायका उच्च अधिकारीहरु रहनेछन । यो संयन्त्रको नाम Joint Australia- Nepal Trade And Investment Committee हुनेछ । यो संयन्त्रको नेतृत्व नेपालमा उद्योग, बाणिज्य तथा आपूर्ति मंत्रालयले गर्दछ भने अस्ट्रेलियाबाट बिदेश मामला र ब्यापार बिभाग ( DFAT) ले गर्दछ । यो समितिमा दुबै देशका embassies को समेत प्रतिनिधित्व रहनेछ।

2. टिफाले कसरी काम गर्दछ ?

यो संयन्त्रको बैठक प्रत्येक 2 वर्षमा आलो-पालो गरी दुवै देशमा बस्नेछ ।

यी बैठकहरुमा दुई देशविच ब्यापार र लगानी वढाउने हरेक विषयहरुमा छलफल हुनेछ – सम्भावनाहरु, चुनौतीहरु, सुधारका उपायहरु, निजी क्षेत्रलाई आकर्षित र सहजीकरण गर्ने विषयहरु लगायत विविध विषयहरुमा क्षेत्रगत रुपमा विस्तृत छलफल हुनेछ र त्यही अनुसार विभिन्न निकायहरुले कार्य गर्नेछन ।

यो बिषयमा निरन्तर प्रयास, वार्ता, औपचारिक- अनौपचारिक कुराकानी, दुवै देशका अधिकारीहरु र राजनीतिक तहमा भएको छलफल र समन्वय पछि यो विषय टुङ्गो लागेको हो ।

अन्तत दुवै देशका विदेश मन्त्रीहरुको उपस्थितिमा विदेश सहायक मन्त्री र राजदूतस्तर मा पर्थमा फेब्रुअरि 10, 2024 मा हस्ताक्षर गरिएको हो ।

यो सम्झौताले दुइ देशको सम्बन्धलाई नयाँ ऊचाईमा पुर्याएको छ ।

अब दुवै देशका निजी क्षेत्र, Diaspora विचमा एउटा आशा जागेको छ।

सुधारको लागि हामी निरन्तर अगाडि बढ्ने छौं ।

धन्यवाद ।

फेब्रुअरी 17, 2024

तपाइँको प्रतिक्रिया