शुक्रबार, जेठ ४, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: १५:५९ |सिड्नीको समय: १३:५९ |काठमाडौंको समय: ०९:४४

अष्ट्रेलियामा भिसा र रोजगारीमा सकस, नेपाली विद्यार्थी प्रभावित

एएनजेड खबरफ्रेब्रवरी १८, २०२४

काठमाडौं । अष्ट्रेलियामा भिसा आवेदन दिएका व्यक्तिहरुको अस्वीकृत दर बढेको छ । विशेषगरी नेपाल, भारत, पाकिस्तानलगायतका देशका नागरिकहरुले दिएको आवेदन अस्वीकृत भएको अष्ट्रेलियाको इमिग्रेशन विभागले जनाएको छ ।

पछिल्लो डिसेम्बर र जनवरी महिनामा सबैभन्दा कम विद्यार्थी भिसा जारी भएको विभागको भनाइ छ । तीन मुलुकबाट विद्यार्थीका नाममा नक्कली कागजातहरु भेटिएपछि, विभागले नाम तोकेरै उच्च निगरानी बढाएको हो ।

छ महिनाको अवधीमा समग्रमा अष्ट्रेलिया आवेदन गरेका विद्यार्थीको भिसा अस्वीकृत दर २० प्रतिशतले बढेको र जसमध्ये नेपालको सबैभन्दा बढी १६, भारतको १४ र पाकिस्तानको १३ प्रतिशत रहेको छ ।

गत सेप्टेम्बरबाट इमिगेशन प्रणालीलाई कडा बनाउँदै लगेको अष्ट्रेलिायले डिसेम्बरमा नयाँ आप्रवासी नीति जारी गरेपछि अन्तराष्ट्रिय विद्यार्थीहरुले भिषा पाउन सकस हुदै गएको हो ।

पछिल्लो समय अष्ट्रेलियामा बेरोजगारी दर पनि बढ्न थालेपछि विद्यार्थीहरु समस्यामा पर्न थालेका छन् । तथ्यांक विभागले बिहीबार जारी गरेको जनवरी महिनाको प्रतिवेदनमा बेरोजगारी दर ४.१ प्रतिशत पुगेको जनाएको छ । ‘यो तथ्यांक सन् २०२२ पछि सबैभन्दा उच्च हो, बिदाको सिजन, बढ्दो बैंक व्याजदर र अन्य आन्तरिक कारणले जनवरीमा बेरोजगारी दर बढेको देखिएको छ, विभागको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सन् २०२३ को डिसेम्बर महिनामा बेरोजगारी दर ३.९ प्रतिशत कायम थियो, यो अवधिमा २२ हजारले आधिकारिक रुपमा रोजगारी गुमाएका छन् । अर्थशास्त्रीहरुले रिर्जभ बैंकले पटक–पटक व्याजदर बृद्धि गर्दा त्यसको प्रत्यक्ष असर श्रम बजारमा देखिएको जनाएका छन् । बजारमा रोजगारको अवसर सीमित बन्दै गएपछि खासगरी अन्तर्राष्ट्रिय विद्यार्थीहरु प्रत्यक्ष मारमा परेका छन् ।

तपाइँको प्रतिक्रिया