शुक्रबार, जेठ ४, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: १७:१८ |सिड्नीको समय: १५:१८ |काठमाडौंको समय: ११:०३

सगरमाथामा फोहोर बढ्दा अष्ट्रेलियामा चिन्ता

एएनजेड खबरमार्च ५, २०२४

काठमाडौं । सर्वोच्च शिखर सगरमाथा आरोहीहरूले हिमालमा दिसा गरेर फ्याँक्न नपाउने र त्यहाँ गरेको दिसा बोकेर लिएर आउनुपर्ने व्यवस्था लागु गर्ने तयारी गरिएको छ खुम्बु पासाङल्हामु गाउँपालिकाले पर्यटन विभागसँगको समन्वयमा हिमाल सरसफाईका लागि यस्तो निर्णय गरेको हो ।

गाउँपालिकाका अध्यक्ष मिङ्माछिरी शेर्पाले हिमाललाई सफा र स्वच्छ राख्न यस्तो निर्णय गरिएको बताए । गाउँपालिकाले पर्यटन विभाग, प्रदूषण नियन्त्रण समितिसँगको समन्वयमा आरोहणको आगामी सिजनबाट सगरमाथा र ल्होत्से आरोहणमा जाने आरोहीहरूलाई आधार शिविरमै दिसा व्यवस्थापनका लागि झोला दिइनेछ । आरोहीहरुले झोला राखेर लिएर आउनुपर्ने र तल ल्याएर त्यसको व्यवस्थापन गरिनेछ ।

पालिकाको यस्तो तयारी भइरहेपनि अष्ट्रेलियाका केही संचारमाध्यमहरुले सगरमाथामा बढेको फोहोरका विषयमा समाचार सम्प्रेषण गरेका छन् । सिड्नीबाट प्रकाशित हुने दैनिक पत्रिका दि सिड्नी मर्निङ हेरल्ड’ले बर्षेनी आरोहीको संख्या बढ्दै जाँदा उचित ढंगले फोहोर व्यवस्थापन हुन नसकेको समाचार लेखेको छ । उक्त पत्रिकाले आरोहणका लागि दिने अनुमति घटाउन सुझाव समेत दिएको छ ।

उक्त पत्रिकाले अष्ट्रेलिया र न्यूजिल्याण्डबाट समेत बर्षेनी सगरमाथा आरोहरणका लागि आरोहीहरु जाने गरेको उल्लेख गर्दै आरोही र आरोहण दलका सदस्यहरुले जथाभावी रुपमा छाडेर हिड्ने फोहोरले सगरमाथाको सुन्दरतालाई असर गर्नुका साथै मानवीय दुर्घटना हुने जोखिम समेत बढेको जनाएको छ ।

पत्रिकाले सन् १९५३ मा एडमन हिलारी र तेन्जिङ शेर्पासँगै हिमाल आरोहरण दलका एक मात्र जिवित सदस्य ९१ बर्षीय कान्छा शेर्पासँग विशेष कुराकानी गर्दै फोहोर बढेकोप्रति चिन्ता व्यक्त गरेको हो । गत सिजनमा मात्रै ६ सय ६७ जनाले सगरमाथाको सफल आरोहण गरेको सरकारी तथ्यांक रहेको छ ।

तपाइँको प्रतिक्रिया