शुक्रबार, जेठ ४, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: १५:५९ |सिड्नीको समय: १३:५९ |काठमाडौंको समय: ०९:४४

फेसबुकमा समस्या आएपछि एलन मस्कको व्यंग्य

एएनजेड खबरमार्च ६, २०२४

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा समस्या देखिएको छ । मंगलबार साँझ करिव ९ बजे एकाएक प्रयोगकर्ताको प्रोफाइलमा लगआउट समस्या देखिएको हो ।

एकाएक फेसबुक लगआउट भएको र त्यसपछि लगइन हुन नसकेको विश्वभरका प्रयोगकर्ताहरुले एक्ससहितका सामाजिक सञ्जालमा बताएका छन् । फेसबुकसहित मेटाद्वारा सञ्चालित इन्टाग्राम र थ्रेडमा समेत समस्या देखिएको प्रयोगकर्ताले बताएका छन् ।

फेसबुकमा समस्या देखिएपछि एक्स (ट्विटर) का मालिक एलन मस्कले व्यंग्य गरेका छन् । ‘यदि तपाईं यो पोष्ट पढिरहनुभएको छ भने हाम्रो सर्भरले काम गरिरहेको छ’ मस्कले मंगलबार राति ट्विट सन्देशमा लेखेका छन् । फेसबुक प्रोफाइल लगआउट भएपछि मस्कले यस्तो व्यंग्य गरेका हुन् ।

फेसबुक प्रयोगकर्ताहरुले एकाएक फेसबुक लगआउट भएको र त्यसपछि लगइन हुन नसकेको एक्ससहितका सामाजिक सञ्जालमा चर्चा गरेका छन् ।

तपाइँको प्रतिक्रिया