शुक्रबार, जेठ ४, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: १५:३५ |सिड्नीको समय: १३:३५ |काठमाडौंको समय: ०९:२०

न्युजिल्यान्डमा ‘सैन्य शैलीका’ एकेडेमीहरू स्थापना गरिने

एएनजेड खबरमार्च ६, २०२४

एजेन्सी । न्युजिल्यान्ड सरकारले युवाहरूमा देखिन सक्ने पुनः अपराधको जोखिम कम गर्न युवा अपराध विरुद्ध सैन्य एकेडेमीहरू विकास गर्ने योजना बनाएको छ । बालबालिका मन्त्री करेन छौरले मङ्गलबार यस बारे जनाकारी दिएकी छन् ।

विभिन्न कारणले युव पुस्ता गम्भीर र निरन्तर अपराधको शृङ्खलामा फसिरहेको पाइएकाले त्यसलाई नियन्त्रण गर्न ‘सैन्य शैलीका’ एकेडेमीहरूको स्थापना गर्ने र अपराध विरुद्ध विभिन्न किसिमका सचेतनामूलक गतिविधि सञ्चालन गर्ने सरकारको तयारी छ ।

सैन्य शैलीको एकेडेमी यस वर्षको मध्यदेखि सञ्चालन हुनेछ जसमा युवाहरूलाई अज्ञानता र उत्तेजनाका कारण कुलत र अपराधमा फस्ने र पटकपटक अपमानित हुने जोखिम कम गर्न मद्दत गर्नका लागि सैन्य कम्पोनेन्टका साथै पुनर्वास र आघात(सूचनायुक्त हेरचाह लगायतका विषय समावेश हुनेछन् ।

तपाइँको प्रतिक्रिया