बुधबार, जेठ २, २०८१ |Wed May, 2024
अक्ल्याण्डको समय: २१:१२ |सिड्नीको समय: १९:१२ |काठमाडौंको समय: १४:५७

होली पर्व धुमधाम मनाइँदै, अष्ट्रेलियामा भब्य कार्यक्रम

एएनजेड खबरमार्च २४, २०२४

काठमाडौं । आज आइतबार फागुन शुक्ल पूर्णिमा अर्थात् होली पर्व । काठमाडौं उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा उल्लासपूर्वक मनाइँदैछ । फागु (होली)पर्व एक आपसमा मैत्री भाव प्रकट गर्न सामूहिक रुपमा भेला भएर एक अर्कामा रंग दलेर तथा लोला खेलेर मनाउने गरिन्छ ।

सत्य युगमा विष्णुभक्त प्रह्लादलाई मार्नका लागि हिरण्यकश्यपले विभिन्न जाल बुन्दा पनि नसकेपछि आगोबाट नजल्ने र नमर्ने वरदान पाएकी बहिनी होलिकाले प्रह्लादलाई काखमा लिएर आगोमा बस्न लगाउँदा प्रह्लादलाई केही नभएको तर होलीका जलेर नष्ट भएको प्रसंग यस पर्वसँग जोडिएको छ । असत्यमाथि सत्यको विजय भएको यस घटनापछि होली मनाउन थालिएको विश्वास गरिन्छ ।

नेपालका पहाडी तथा हिमाली क्षेत्रमा फागु पूर्णिमाका दिन होली मनाउने गरिन्छ भने तराईमा पूर्णिमाको भोलिपल्ट मनाउने गरिन्छ । विभिन्न समुदायको बसोबास रहेको तराईमा दुई÷तीन दिनसम्म होली मनाउने चलन छ ।

यस पर्वका अवसरमा आज साँझ काठमाडौंको वसन्तपुरमा वातावरणलाई नै रंगीचंगी तुल्याउँदै त्यहाँ गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुंंडिखेलमा लगि जलाएर होलिका दहन गरिनेछ ।

त्यस्तै अष्ट्रेलियाको सिड्नीलगायतका शहरहरुका विभिन्न कार्यक्रमहरु हुँदैछन् । एशोसिएशन अफ नेपाल तराई इन अष्ट्रेलिया (एन्टा) ले होलीको अवसरमा सांस्कृतिक कार्यक्रम गरेको छ । त्यस्तै मेलवर्नमा भब्य सांस्कृतिक कार्यक्रम ‘म्याभेन जात्रा’ आयोजना भएको छ । मेलवर्नको द प्यकडक फेडरेशन स्क्वाएरमा भएका ेसांस्कृतिक कार्यक्रम म्युजिक, कलर र फूडमा नेपालीहरु मनोरन्जन लिए ।

तपाइँको प्रतिक्रिया