बिहीबार, जेठ ३, २०८१ |Thu May, 2024
अक्ल्याण्डको समय: ०१:१२ |सिड्नीको समय: २३:१२ |काठमाडौंको समय: १८:५७

सिड्नीस्थित शपिङ सेन्टरमा अन्धाधुन्ध चक्कु प्रहारबाट पाँच जनाको मृत्यु

एएनजेड खबरअप्रिल १३, २०२४

एजेन्सी। अष्ट्रेलियाको सिड्नीस्थित एक व्यापारिक मलमा पाँच जनाको चक्कु प्रहार गरी हत्या गरिएको छ । चक्कु प्रहार गर्ने एक आक्रमणकारीलाई शनिबार सिड्नीको समुन्द्री किनारमा प्रहरीले गोली हानी मारेको प्रहरीले जनाएको छ ।

व्यस्त वेस्टफिल्ड बोन्डी जंक्शन शपिङ सेन्टरमा नौ जनासँग इन्गेजमेन्ट गरेपछि आक्रमणकारीलाई एक प्रहरी अधिकारीले गोली हानेको प्रहरीले जनाएको छ । हातमा लामो हतियार लिएर सर्वसाधारणलाई आक्रमण गर्दै हिंडेका ती आक्रमणकारीले कसैलाई समेत नछोडेको प्रत्यक्षदर्शीले बताएका छन् ।

‘त्यहाँ पाँच जना पीडित छन् जो यस अपराधिक कार्यको परिणामस्वरूप मरेका छन्,’ न्यू साउथ वेल्सका प्रहरी सहायक आयुक्त एन्थोनी कुकले पत्रकार सम्मेलनमा भनेका छन् । स्थानीय सञ्चारमाध्यमहरुका अनुसार, व्यस्त मलमा किनमेलमा मग्नरहेका मानिसहरुमाथि चक्कु आक्रमण गरिएको थियो ।

सपिङ मलमा रहेका नेपालीहरु भने सुरक्षित रहेका छन् । मलमा ५० भन्दा बढी नेपाली विद्यार्थीहरू कार्यरत छन् । घटनाका प्रत्यक्षदर्शीले सपिङ सेन्टरभित्रको त्यतिबेलाको अवस्था अत्यासलाग्दो भएको बताएका छन् । उनीहरुमध्ये धेरैले सपिङ सेन्टरभित्र रहेका पसलका अध्याँरो कुनामा लुकेर बसेको बताए । सामाजिक सञ्जाल तथा समाचारसंस्थामा उपलब्द्ध भिडियो फुटेजमा हतियारधारी लामो छुराजस्तो देखिने हतियार लिएर सपिङ सेन्टरमा हिंडेको देख्न सकिन्छ ।

तपाइँको प्रतिक्रिया