बिहीबार, जेठ ३, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: ०४:३४ |सिड्नीको समय: ०२:३४ |काठमाडौंको समय: २२:१९

अष्ट्रेलियाको एडिलेडमा सम्पन्न राहदानी घुम्ती शिविरबाट ६०३ जना लाभान्वित

एएनजेड खबरअप्रिल १४, २०२४

क्यानबेरा । अष्ट्रेलियाको एडिलेडमा सम्पन्न राहदानी घुम्ती शिविरबाट ६०३ जना लाभान्वित भएका छन् । गैरआवासीय नेपाली संघ साउथ अष्ट्रेलिया, एडिलेड नेपाल र नेपाली बाणिज्यदुतावास साउथ अष्ट्रेलियाको पहल तथा सक्रियतामा एवं नेपाली दुतावास क्यानवेराको समन्वयमा शिविर सम्पन्न भएको हो ।

ग्रामीण क्षेत्रबाट राजधानी क्यानवेरा राहदानीका लागि जानु आर्थिक र समयका हिसाबले निकै खर्चिलो भएकाले लामो प्रयास पछि शिविर संचालन गरिएको हो । साउथ अष्ट्रेलियाका ग्रामीण भेग माउन्ट ग्याम्भिर, नाराकोट लगायतका क्षेत्र रहेका नेपालीहरु समेतले शिविरबाट सेवा लिएका थिए ।

घुम्ती शिविरका लागि दुतावासबाट भोगेन्द्र लिङदेन एडिलेड आएका थिए भने राजदुत कैलाश राज पोखरेल अनुगमन सहित अन्य कार्यक्रमका लागि एडिलेड आएका थिए ।

अनुगमनकै क्रममा राजदुत पोखरेलले आफ्नो कार्यकालको शुरुवातमा राहदानीको ठुलो समस्या देखिएकाले घुम्ती टोली पठाएर राहदानी बनाईएको बताए ।

तपाइँको प्रतिक्रिया