बिहीबार, जेठ ३, २०८१ |Thu May, 2024
अक्ल्याण्डको समय: १८:५२ |सिड्नीको समय: १६:५२ |काठमाडौंको समय: १२:३७

सिड्नी चक्कु प्रकरण : आक्रमणकारीको निशानामा महिला मात्रै !

एएनजेड खबरअप्रिल १६, २०२४

सिड्नी । सिड्नीको एउटा व्यस्त सपिङ सेन्टरमा चक्कु प्रहार गर्ने हमलाकारीले महिलालाई आक्रमणको निशाना बनाएको देखिएको छ । प्रहरीले चक्कु प्रहार गर्ने पुरुषको निशाना महिला नै भएको देखिएको बताएको छ ।

४० वर्षीय जोएल काउचीले शनिबार भीडभाड भएको वेस्टफिल्ड बोन्डी जंक्शन कम्प्लेक्समा चक्कु प्रहार गरेर ६ जनालाई हत्या गरेका थिए । कतिपयले आक्रमणकारी आतङ्कवादी कार्य थियो भन्ने गरेका थिए । तर त्यो पुष्टि हुन सकेन ।

आक्रमणमा मारिएका ६ जनामध्ये ५ जना महिला छन् । यस आक्रमणमा एक बालिका सहित धेरै जना घाइते भएका छन् ।

न्यु साउथ वेल्सका प्रहरी आयुक्तले अष्ट्रेलियाली प्रसारक एबीसी न्यूजलाई भने, ‘स्पष्ट रूपमा काउचीले महिलाहरूलाई लक्षित गरेको थिए।’

उक्त हमलामा मृत्यु भएका एकमात्र पुरुष ३० वर्षीय सुरक्षा गार्ड फराज ताहिर हुन् । फराज ताहिरले आक्रमणकारीलाई रोक्न खोजेका थिए।

प्रहरी आयुक्तले भने, ‘भिडियोमा सबै कुरा स्पष्ट छ। आक्रमणकारीले महिलाहरूलाई लक्षित गरेका चक्कु प्रहार गरेका थिए र पुरुषहरूलाई छाडिदिएका थिए।’ अधिकारीहरूले आक्रमणपछि आक्रमणकारीको मानसिक स्वास्थ्य पनि यस आक्रमणको कारण हुन सक्ने बताएका थिए।

यता, आक्रमणकारीलाई गोली एक महिला प्रहरीले गोली हानेकी थिइन । उनलाई प्रधानमन्त्री एन्टोनी अल्बानिजले ‘नायक’ भनेका छन्। उनले कयौँको ज्यान बचाएको प्रधानमन्त्रीले उल्लेख गरेका छन्।

तपाइँको प्रतिक्रिया