बिहीबार, जेठ ३, २०८१ |Thu May, 2024
अक्ल्याण्डको समय: ०९:१६ |सिड्नीको समय: ०७:१६ |काठमाडौंको समय: ०३:०१

इपिएसमार्फत कोरिया जाने युवाले सेवा क्षेत्र परिवर्तन गर्न पाउने

एएनजेड खबरअप्रिल २९, २०२४

काठमाडौं । रोजगार अनुमति प्रणाली (इपिएस)मार्फत कोरिया जान भाषा परीक्षा उत्तीर्ण गरेर रोस्टरमा रहेका युवाले आफ्नो सेवा क्षेत्र परिवर्तन गर्न सक्ने भएका छन् ।

वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस कोरिया शाखाले सूचनामार्फत कृषि तथा पशुपालन र उत्पादनमूलक क्षेत्रतर्फ रोस्टरमा रहेकाले सेवा क्षेत्र परिवर्तन गर्न सक्ने जानकारी गराएको हो ।

सो शाखाका अनुसार सेवा क्षेत्रका लागि तत्काल परीक्षा नगर्ने र हाल कृषि, पशुपालन र उत्पादनमूलक क्षेत्रमा अन्तिम चरणमा छानिएर रोस्टरमा रहेका नेपालीलाई क्षेत्र परिवर्तन गरी कोरिया जाने अवसर दिएको छ । शाखाको सूचनामा रोस्टरको अवधि २०२४ डिसेम्बर ३१ तारिखभित्र वा आगामी पुस १५ गते समाप्त हुने भएकाले इच्छुक व्यक्तिले रोस्टर परिवर्तन गर्न सक्ने छन् ।

मानव संसाधन विभाग (एचआरडी) कोरियाले रोस्टर परिवर्तन गर्न सक्नेको नामावलीसहितको तालिका बिहीबार पठाएको इपिएस कोरिया शाखाले जनाएको छ ।

शाखाका अनुसार नौ हजार ४२८ जनाको नाम प्राप्त भएका छ । यदि कसैले पहिले नै रोजगारदाताले करार सम्झौता गरिसकेको वा रोस्टर अवधि समाप्त भइसकेको वा कुनै कारणले अयोग्य भएमा सेवा क्षेत्र परिवर्तन गर्न भने नपाइने शाखाले सूचनामार्फत स्पष्ट पारेको छ ।

तपाइँको प्रतिक्रिया