शुक्रबार, जेठ ४, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: १३:२७ |सिड्नीको समय: ११:२७ |काठमाडौंको समय: ०७:१२

काठमाडौँमा वायु प्रदूषण अत्यधिक

एएनजेड खबरअप्रिल ३०, २०२४

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँमा वायु प्रदूषण बढेकाले मास्क लगाउन आग्रह गरेको छ।

मन्त्रालयले काठमाडौँको वायु विश्वकै अस्वस्थकरको सूचीमा अग्रस्थानमा रहेको उल्लेख गर्दै वायु प्रदूषणबाट जोगिन अनिवार्य मास्क लगाउन आग्रह गरेको हो।

मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले काठमाडौँमा वायु प्रदूषण अत्यधिक रहेकाले सकेसम्म घर बाहिर अनावश्यक ननिस्कन, यात्रा नगर्न र अत्यधिक प्रदूषित क्षेत्रबाट टाढा रहन अनुरोध गर्नुभयो। विश्वभरिको वायुप्रदूषणको अवस्था मापन गर्ने ‘वर्ल्ड एयर क्वालिटी इन्डेक्स र्याकिङ्ग’ अनुसार काठमाडौँको वायु विश्वकै अस्वस्थकरको सूचीमा अग्रस्थानमा छ।

“वायु प्रदूषणले मुटु तथा रक्तनली, फोक्सो, मस्तिष्क, आँखा, नाक, कान, घाँटी आदिमा असर पुर्याउनुका साथै दम, क्यान्सर आदिको जोखिम पनि बढाउँछ। वायु प्रदूषणले गर्दा कम तौल भएको बच्चा जन्मने र अवधि नपुग्दै बच्चा जन्मने जोखिमसमेत हुन्छ,” प्रवक्ता बुढाथोकीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

नेपालमा वायु प्रदुषणबाट बर्र्सेनि हुने मृत्युमा बढीजसो पाँच वर्ष मुनिका बालबालिका, गर्भवती, दीर्घ रोगी र वृद्धवृद्धा बढी छन्। यसले नेपालीको औसत आयु चार दशमलव एक प्रतिशतले घटाएको तथ्याङक छ।

तपाइँको प्रतिक्रिया