शुक्रबार, जेठ ४, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: १५:३५ |सिड्नीको समय: १३:३५ |काठमाडौंको समय: ०९:२०

सन्दीप लामिछानेको गुनासो : म माथि षणयन्त्र गर्नेलाई भगवानले आशिर्वाद दिउँन्

एएनजेड खबरमे २, २०२४

काठमाडौं । क्रिकेटर तथा नेपाली टोलीका पूर्व कप्तान सन्दीप लामिछानेले आफू षड्यन्त्रको शिकार भएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमार्फत लामिछानेले आफूले लामो समयदेखि यस्तो धारणा राख्नको लागि टाढै राखेको भन्दै आफू षड्यन्त्रको शिकार भएको दाबी गरेका छन् ।

उनले लेखेका छन्, ‘यसमा कुनै शंका छैन, म षड्यन्त्रको पीडित भएँ । यो षड्यन्त्रको लागि भूमिका खेल्ने सबैलाई भगवानले आशिर्वाद दिउँन् । म यी सबै कुरा भगवानलाई छोडिदिन्छु । समयले सबै सत्य उजागर गर्नेनै छ ।’

उनी नाबालिक बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट दोषी ठहर भएका छन् । लामिछानेले जिल्ला अदालतको उक्त फैसलामाथि उच्च अदालतमा पुनरावेदन गरेका छन् । उक्त मुद्दा अहिले विचाराधिन छ ।

आजमात्रै नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी टी–२० विश्वकपका लागि १५ सदस्यीय टोलीको घोषणा गरेको छ । यही सन्दर्भ पारेर सन्दीपले यस्तो धारणा सार्वजनिक गरेका हुन् ।

तपाइँको प्रतिक्रिया