शनिबार, जेठ ५, २०८१ |Sat May, 2024
अक्ल्याण्डको समय: २०:१५ |सिड्नीको समय: १८:१५ |काठमाडौंको समय: १४:००

अष्ट्रेलियामा महिलामाथि हिंसा र हत्याका घट्ना बढेपछि राष्ट्रिय आपतकाल घोषणा गर्न माग

एएनजेड खबरमे ४, २०२४

क्यानबेरा । अष्ट्रेलियामा शृंखलाबद्ध रूपमा महिलामाथि हिंसाका घट्ना बढ्दै गएको छ । हिंसा र हत्याका घटना बढेपछि सडक संघर्ष पनि बढाइएको छ । हिंसाविरुद्धमा राष्ट्रिय आपतकालको घोषणा गरिनुपर्ने र यस्ता गतिविधि रोक्नको लागि कडा कानुन ल्याउनुपर्ने संघर्षरत पक्षको माग छ ।

केही साता अघि सिड्नीको सपिङ सेन्टरमा एक व्यक्तिले चक्कु प्रहार गर्दा ६ जनाको मृत्यु भएको थियो । तीमध्ये ५ जना महिला थिए । घरेलु हिंसामा पनि महिलाहरु निशानामा परिरहेका छन् । जसका कारण सोही अनुसारको कानुन माग भएको छ ।

अष्ट्रेलियामा पछिल्लो १ सय २० दिनमा २७ जना महिलाको हत्या भएको तथ्यांक सार्वजनिक भएको छ । हत्याका श्रृखंला बढेसँगै महिला अधिकारका पक्षमा थप सशक्त कानुन ल्याउनुपर्ने दबाब पनि बढाइएको छ । घरेलु हिसा, सामुहिक हत्या जस्ता कारणबाट सन् २०२४ पहिलो चार महिनामा उक्त संख्यामा महिलाहरु मारिएको जनाइएको छ ।

स्थानीय संचारमाध्यमहरुका अनुसार न्यु साउथ बेल्स राज्यमा सबैभन्दा धेरै महिलाको हत्या भएको छ । एनएसडब्लुपछि भिक्टोरिया, क्वीन्सल्याण्ड, तास्मानिया लगायतका राज्यमा पनि महिला हिंसा र हत्याका घटनाहरु बढेका छन् ।

विभिन्न क्षेत्रमा प्रदर्शन गरिरहेका व्यक्तिहरुले हिंसाविरुद्धमा राष्ट्रिय आपतकालको घोषणा गरिनुपर्ने र यस्ता गतिविधि रोक्नको लागि कडा कानुन ल्याउनुपर्ने अघि सारेका हुन् । प्रधानमन्त्री एन्थोनी अल्बानिजले यो मुद्दालाई राष्ट्रिय संकटको विषय भएको प्रतिक्रिया दिएका छन् ।

तपाइँको प्रतिक्रिया