सोमबार, जेठ ७, २०८१ |Mon May, 2024
अक्ल्याण्डको समय: १२:१६ |सिड्नीको समय: १०:१६ |काठमाडौंको समय: ०६:०१

सन्दीप लामिछानेको मुद्दामा आफूलाई जोडेर नियोजित दुष्प्रचार गरियो : पारस खड्का

एएनजेड खबरमे ९, २०२४

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आफूलाई जोडेर नियोजित दुष्प्रचार गरिएको भन्दै आपत्ति जनाएका छन् ।

आफूविरुद्ध भइरहेको ‘नियोजित षडयन्त्र’ लाई कानूनी दायरामा ल्याउने उनको चेतावनी छ । सामाजिक सञ्जालमा स्टाटस लेख्दै पारसले आफ्नो भनाइ राखेका हुन् । विभिन्न व्यक्ति र संस्थाबाट अपुष्ट एवं आधारहिन तरिकाले आफूमाथि व्यक्तिगत आरोप लगाइएको उनको गुनासो छ ।

‘नेपालको कानुनले कसैलाई पनि बिना प्रमाण चरित्र हत्या गर्ने वा तर्क नराखी व्यक्तिगत आरोप लगाउने छुट दिएको छैन । नेपालको कानूनले सबैलाई कानूनी उपचारको बाटो खुल्ला राखेको छ’, पारसले भनेका छन् ।

नेपाली क्रिकेटसँग सम्बन्धित विभिन्न पक्षहरू र सन्दीप लामिछानेसँग जोडिएको पछिल्लो मुद्दामा सम्मानित जिल्ला अदालतबाट पहिलो तहको फैसला भएको भन्दै उनले उच्च अदालतबाट अन्य कुरा प्रष्ट हुँदै जाने उल्लेख गरेका छन् ।

पारस थप्छन्, ‘यो सबैका बीचसमेत तर्कहीन तरिकाले मेरो नाम जोडेर चरित्र हत्या गर्ने हेतुले म माथि भैरहेको नियोजित षड्यन्त्रलाई ढिलो चाँडो कानुनी दायरामा ल्याउने समेत जानकारी गराउन चाहन्छु ।’

तपाइँको प्रतिक्रिया