सोमबार, जेठ ७, २०८१ |Mon May, 2024
अक्ल्याण्डको समय: २०:०१ |सिड्नीको समय: १८:०१ |काठमाडौंको समय: १३:४६

नेपालमा ३७ हजार जोडीको डिभोर्स !

एएनजेड खबरमे ९, २०२४

काठमाडौं । सामाजिक परिवेशमा आएको परिर्वतनले नेपालमा सम्बन्ध विच्छेद गर्नेहरूको संख्या ह्वातै बढेको छ। गत वर्षमात्रै नेपालमा ३७ हजार जोडीले सम्बन्ध विच्छेद गरेको अभिलेख देशभरका अदालतको तथ्यांकले देखाएको छ।

नेपालमा सम्बन्ध विच्छेदलाई यसअघि सामाजिक प्रतिष्ठाको विषय बनाएर सकेसम्म अदालतमा नै गएर सम्बन्ध विच्छेद गर्नेको संख्या न्यून रहेको थियो। २०७० सालमा नेपालमा सम्बन्ध विच्छेद गर्नेको संख्या ३ सय ९४ को हाराहारीमा रहेकोमा अहिले त्यो संख्या बढेर ३७ हजारको हाराहारीमा पुगेको छ।

नेपालमा सम्बन्ध विच्छेद गर्नेको संख्या बढ्नुका प्रमुख दुई कारण रहेको अधिवक्ता गणेश शर्मा बताउछन् । युवायुवतीमा विदेश जाने लालसाले जस्तोसुकै सामाजिक परिवेश भएका चाहे युवा हुन् चाहे युवती हुन् कानुनी विवाह गर्ने र तोकिएको ठाउँमा पुगेपछि सम्बन्ध विच्छेद गर्ने समूह ठूलो रहेको अधिवक्ता शर्माले बताए ।

नेपालमा सामाजिक सञ्जालको प्रयोगमा आएको उच्छृंखलताका कारण पनि यो समस्या बढ्दै गएको उनी बताउँछन् । विवाहित जोडीमध्ये युवा रोजगारीका लागि मध्यपूर्वलगायतका मुलुकमा गएपछि गलत मनसाय राख्ने तेस्रो व्यक्तिको प्रवेश भएपछि श्रीमान् श्रीमतीबीच बेमेल हुने र त्यसको कारण सम्बन्ध विच्छेद गर्ने क्रम बढ्दो अवस्थामा रहेका मनोविद् शरद शर्मा बताउछन् । नेपाल समाचारपत्रमा खबर छ ।

तपाइँको प्रतिक्रिया