सोमबार, जेठ ७, २०८१ |Mon May, 2024
अक्ल्याण्डको समय: २१:५८ |सिड्नीको समय: १९:५८ |काठमाडौंको समय: १५:४३

अष्ट्रेलियन दूताबासको सहयोगमा ‘घर फर्किनु’ फोटो प्रदर्शनी, राजदूतले गरिन उदघाटन

एएनजेड खबरमे १०, २०२४

काठमाडौं । नेपालका लागि अष्ट्रेलियाली राजदुत फेलिसीटी भोल्कले पाटन र काठमाडौंमा हुने ‘घर फर्किनु’ फोटो प्रदर्शनीको विहीबार उद्घाटन गरेकी छिन् ।

पाटनको महारानी चोकमा बैशाख २७ देखि जेठ ३ गतेसम्म र काठमाडौं नया सडकस्थित भूगोल पार्कमा जेठ ४ देखि जेठ १० गते खुला रहने प्रदर्शनीको भोल्कले उदघाटन गरेकी हुन् ।

फोटो प्रदर्शनीले अष्ट्रेलियाबाट नेपाल फर्किएर आफ्नो समुदाय र नेपालको समृद्धिका लागि योगदान पुर्याइरहेकाहरुको कथा दर्शाउनेछ । राजदुत भोल्कलेप्रदर्शनीले विदेशमा गएर अध्ययन गर्ने र काम गर्ने सोच बनाएका अरु युवाहरुलाई नेपाललाई नै आफ्नो अन्तिम गन्तब्य बनाउन प्रेरित गर्ने आशा रहेको बताइन ।

उनले भनिन्, ‘नेपाली बिद्यार्थीको उपस्थितीले अष्ट्रेलिया खुसी हुन्छ तर ब्यवसायिक सिपयुक्त नेपालीहरु नेपालको दुरागामी समृद्धि र प्रगतिका लागि यहाँ आएर उपलब्ध सम्भावनाहरुको खोजी गर्न कति आवश्यक छ भन्ने कुराको बारेमा पनि जानकारी राख्नेछ ।’

‘घर फर्किनु’ प्रदर्शनीमा समावेश एघार व्यक्तिहरुको निरन्तरको प्रयास, लगाव र सफलताको उत्सव हो । उनीहरुको कथाले अरुलाई पनि विश्वभरबाट सीप र अनुभव आर्जन गर्ने र सम्बन्धहरु स्थापना गर्ने र ति सबैलाई नेपालमा ल्याएर प्रयोग गर्ने प्रेरणा मिल्छ भन्ने विश्वास ब्यक्त गर्दछु, उनले भनिन् ।

अष्ट्रेलियाली कलाकार तथा वृत्तचित्र फोटोग्राफर जो रयान्खनले सृजना गर्नुभएको ‘घर फर्किनु’ प्रदर्शनीलाईअष्ट्रेलियाली दुतावासले आर्थिक सहयोग गरेको हो । प्रदर्शनीमा अष्ट्रेलियामा ननीजि स्रोतका विद्यार्थीका रुपमा वा अष्ट्रेलिया अवार्डस् छात्रवृत्ती प्राप्त गरेका नेपाली अल्मुनाईहरुका विदेश यात्रा र उनीहरुले नेपालमा फर्किएर उद्यमी, समाजिक कार्यकर्ता, सेफ वा डिजाईनरका रुपमा नया सम्भावनाहरुको खोजी गरेका कथाहरु समेटिएका छन् ।

जो रयान्खन हाल काठमाण्डौ विश्वविद्यालयमा क्राफ्ट एण्ड डिजाईन् विषयमा स्नातक तह अध्ययन गरिरहेका छन् र प्रदर्शनीका बारेमा भन्छन, ‘घर फर्किनु प्रदर्शनीले दर्शकहरुलाई नेपाल र नेपालीहरुको उज्वल भविष्यकालागि उपलब्ध सम्भावनाहरुको बारेमा सोच्न आमन्त्रण गर्दछ । प्रदर्शनीको उद्देश्य हाल नेपालबाट भैरहेको युवाहरुको विदेशीने क्रमका बारेमा सोच्न र विदेशमा अध्ययन वा काम गरेर स्वदेश फर्कदा हुने सकरात्मक प्रभावहरुलाई दर्शाउने, त्यसरी फर्कनेहरुको साहसको उत्सव मनाउने रहेको छ ।’

उनी भन्छन् ‘यस प्रदर्शनीमा राखिएका कथाहरु र अन्य यस्तै लाखौं कथाहरु नेपालभर भेटिने कथाहरुले विदेशबाटनेपाल फर्कनु कुनै असफलता होईन र यसले आफ्नो क्षमताहरुको खोजी गर्ने नया अवसरहरु प्रदान गर्दछ ।’

तपाइँको प्रतिक्रिया