आइतबार, जेठ ६, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: १०:२७ |सिड्नीको समय: ०८:२७ |काठमाडौंको समय: ०४:१२

आईपीएलमा लखनउको पहिलो जित

एएनजेड खबरअप्रिल १, २०२२

लखनउ सुपर जाइन्टले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा पहिलो जित निकालेको छ। साविक विजेता चेन्नई सुपर किङ्सलाई ६ विकेटले पराजित गर्दै लखनउले पहिलो जित निकालेको हो ।

बिहीबार राति भएको खेलमा चेन्नईले दिएको २११ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको लखनउले १९ ओभर ३ बलमा ४ विकेट गुमाएर २११ रन बनायो  । लखनउका लागि क्विन्टन डी ककले ६१ रनको अर्धशतकीय पारी  खेले ।

तपाइँको प्रतिक्रिया