शुक्रबार, जेठ ४, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: १५:२५ |सिड्नीको समय: १३:२५ |काठमाडौंको समय: ०९:१०

अष्ट्रेलियाको जिडिपी उत्साहजनक, महंगी र ब्याजदर बढ्दा असर

एएनजेड खबरमार्च १२, २०२४

काठमाडौं । अष्ट्रेलियाको कुल ग्रार्हस्थ उत्पादन(जिडिपी) उत्साहजनक देखिएको छ । केन्द्रीय तथ्यांक विभागले सन् २०२३ को अन्तिम तथ्यांक सार्वजनिक गर्दै निरन्तर आर्थिक बृद्धि भएका कारण जिडिपी सकरात्मक बनेको जनाएको छ ।

विभागले सन् २०२३ अन्तिम त्रैमासिकमा आर्थिक बृद्धि भने ०.२ प्रतिशत कायम भएको देखाएको छ । तर अर्थविद्हरुले बढ्दो व्याजदरका कारण दैनिक उपभोग्य बस्तुलगायत सामग्री मूल्या आकशिएको जनाएका छन् । जसका कारण सर्वसाधारणले पैसा बचत गर्न नसकेको र नवआगन्तुक अन्तराष्ट्रिय विद्यार्थीहरु मारेका परेको जनाएका छन ।

आर्थिक बृद्धि दर अघिल्लो त्रैमासिक भन्दा कम रहे पनि ऋणात्मक भने नभएको जनाइएको छ । साथै सन् १९९० को आर्थिक मन्दी र कोभिड महामारीको समयमा आर्थिक बृद्धि र जिडिपी ऋणात्मक रहेको सरकारी तथ्यांक छ ।

तपाइँको प्रतिक्रिया