शनिबार, वैशाख २२, २०८१ |Sat May, 2024
अक्ल्याण्डको समय: १०:५३ |सिड्नीको समय: ०८:५३ |काठमाडौंको समय: ०४:३८

मैत्रीपूर्ण फुटबलमा भारतसँग नेपाल २-१ले पराजित

एएनजेड खबरसेप्टेम्बर ६, २०२१

नेपालविरुद्धको मैत्रीपूर्ण फुटबलमा भारत विजयी भएको छ । दशरथ रंगशालामा भएको दोस्रो मैत्रीपूर्ण खेलमा भारत २-१ ले विजयी भएको हो ।

नेपालले आक्रामक खेल खेलेपनि पोष्टमा गतिलो प्रहार गर्न नसक्दा हार व्यहोरेको हो । यद्यपि, नेपालले दर्शकको मन जितेको छ ।

दोस्रो हाफको ६१औं मिनेटमा फारुक चौधरीले गोल गरी टोलीलाई अग्रता दिलाएका थिए । सुनिल क्षेत्रीले गरेको हेडमा अनमार्क रहेका चौधरीले सजिलै गोल गरे ।

दोस्रो गोल सुनिल क्षेत्रीले गरे । उनले वन भर्सेस वनको अवस्थामा गोल गरेका थिए ।

नेपालका तेज तामाङले दोस्रो हाफको अन्ततिर गोल गरेर आशा जगाएका थिए । तेजले डिबक्सबाहिरबाट कडा प्रहार गर्दै गोल गरेका थिए ।

आजको खेलमा तनावको अवस्था पनि आएको थियो । भारतका प्रशिक्षक खेल मैदानमा छिरेपछि पहेंलो कार्ड पाएका थिए । भारतका खेलाडी गोलरक्षकसँग वन भर्सेस वन रहँदा दिनेश राजवंशीले ट्याकल गरेपछि भारतका प्रशिक्षकले पेनाल्टी नदिएको भन्दै विरोध जनाएर मैदान छिरेका थिए ।

यसअघि भएको पहिलो मैत्रीपूर्ण खेलमा दुवै टोलीले १-१ को बराबरी खेलेका थिए । फिफा वरियतामा नेपालभन्दा माथिल्लो अवस्थामा रहेको भारतविरुद्ध नेपालले पनि कडा चुनौती दिएको थियो ।

तपाइँको प्रतिक्रिया