शुक्रबार, वैशाख २१, २०८१ |Sat May, 2024
अक्ल्याण्डको समय: ०४:१६ |सिड्नीको समय: ०२:१६ |काठमाडौंको समय: २२:०१

‘पागल प्रेमी’सँगै गायक निमा रुम्बाको पुनरागमन हुँदै

एएनजेड खबरसेप्टेम्बर १३, २०२१





‘मिस क्याटवाक’ बोलको गीतबाट चर्चामा आएका गायक निमा रुम्बा लामो अन्तरालपछि पुनः नयाँ कोसेलीका साथ श्रोतामाझ आउँदैछन् ।
स्टाइलिस्ट अनि स्टेजमा नाच्दै गाउन माहिर निमाले पप सँगीतमा एक जमानामा तहल्का नै मच्चाएका थिए ।
‘ब्लक हिल जुत्तामाथि बेल बटन पाइन्ट लाउने केटी’ बोलको गीत हिट भएपछि उनले ‘प्रियसी’ गीत गाए, जुन युवा पुस्ताले औधी रुचाए । फेसन कन्सीयस निमाले गायनसँगै मोडलीङ पनि गरे । कपालमा लगाउने तेल र अन्य केही उत्पादनका ब्रान्ड एम्बेसडर नै भए ।
करिब एक दशक उनी सँगीत क्षेत्रबाट ओझेलमा रहे । खासगरी पप सँगीतको क्रेजलाई दोहोरी र आधुनिक गीतले छायाँमा पार्न थालेपछि निमा पनि बिदेशतिर लागे ।

This image has an empty alt attribute; its file name is Neema-Rumba-foto.jpg


केही समय यता पुनः पप सँगीतप्रति नयाँ पुस्ताका श्रोतामा रुची बढ्दैछ । हिपहप र ¥याप गीतले बजार तताउन थालेको छ । भिटेन, नमो बुद्ध, आदि ¥यापरहरुको लोकप्रियतासँगै पप सँगीतका पनि दिन आउने सँकेत देखिंदैछ ।
हालै मात्र गायक नवीन के भट्टराइले नयाँ गित रिलिज गरिसकेका छन् । पपको यो नयाँ माहौलमा निमा रुम्बा पनि के कम । पुरानै जोश झिक्दै उनले ‘पागलप्रेमी–२’ श्रोतामाझ ल्याउँदैछन् ।
निमाले श्रोतालाई खुशीको खबर सुनाउँदै आफ्नो फेसबुकमा लेखेका छन्, ‘केही समयको अन्तरालपछि यहाँहरु समक्ष शुभ बडा दशैं तथा शुभ तिहारको उपलक्ष्यमा छिटै साँगीतिक कोसेली स्वरुप एउटा प्रस्तुती लिएर आउँदैछु ।
आफ्नो नयाँ सिर्जनाका लागि सबैको मायाको अपेक्षा गर्दै उनले फ्यान, प्रशंसक तथा मित्रप्रति सम्झना एवं अभिवादन पनि गरेका छन् ।
आफ्नो नयाँ सिर्जनाको टिजर सार्वजनिक गरेका निमाले आफ्नो पुरानो लोकप्रिय शैलीलाई नै पछयाएको देखिन्छ । ‘पागल प्रेमी, क्रेजी लभर’ शीर्षकको उनको नयाँ सिर्जनाको श्रोता एवं दर्शकले व्यग्र प्रतीक्षा गरिरहेका छन् ।



तपाइँको प्रतिक्रिया