शनिबार, वैशाख २२, २०८१ |Sat May, 2024
अक्ल्याण्डको समय: ०८:०४ |सिड्नीको समय: ०६:०४ |काठमाडौंको समय: ०१:४९

आमा बन्दै नायिका : ऋचालाई छोरा, प्रियंकाको प्रसूती सँघारमा

एएनजेड खबरसेप्टेम्बर १५, २०२१


नेपालमै बनेको पहिलो नेपाली चलचित्र हो, ‘आमा’ । विसं २०२० मा हिरासिंह खत्रीले ‘आमा’ बनाएका थिए ।
करिब ६ दशकपछि चलचित्र उद्योगमा पुनः ‘आमा’को चर्चा भइरहेको छ । तर, यो चलचित्र ‘आमा’को हैन, सन्तान जन्माउने नायिका आमाको ।
हो, नेपाली चलचित्र उद्योगमा अचेल चलचित्रको पटक्कै चर्चा छ्रैन । लकडाउन र निषेधाज्ञा अवधिभर हलहरु बन्द भएकाले चलचित्र निर्माण नै भएनन् । तर, दुई नेपाली नायिका भने चर्चाको उत्कर्षमा छन् । नायिका ऋचा शर्मा र प्रियंका कार्की गर्भवती भएको खबर लकडाउनभरी भाइरल नै भयो ।
भदौको तेश्रो साता कमेडी च्याम्पीयनकी निर्णायक ऋचाले ‘टप थ्रि’ प्रतियोगीको प्रस्तुतिमा सहभागी हुँदा भनेकी थिइन्, ‘अर्को शोमा सायद म आमा बनिसक्छु होला ।’
नभन्दै २३ भदौमा उनलाई पुत्रलाभ भयो । स्वाभाविक जन्म भएन, शल्यक्रिया (सिजर) नै गर्नुप¥यो, जुन अचेल सामान्य मानिन्छ । कमेडी च्याम्पीयनका हरेक शोमा वर्षभरी ऋचाको गर्भकै चर्चा भइरह्यो । करिब दुई वर्षअघि दिपेक्षा विक्रम राणासँग विवाह गरेकी ऋचा पहिलो चरणको लकडाउन लगत्तै गर्भवति भएकी थिइन् ।
ऋचाको गर्भको त चर्चा मात्र भयो, नायिका प्रियंका कार्की चाहिँ विवादमा पनि आइन् । उनको पनि प्रसूतीको समय आउनै लागेको छ । केही सातामै प्रियँकाको चर्चा चुलिनेछ, जब उनले सन्तानलाई जन्म दिनेछिन् ।

This image has an empty alt attribute; its file name is richa-sharnma-baby.jpg


‘बेबी बम्प’को बहस
ऋचा त कमेडी च्याम्पीयनमा हरेक साता देखिने भएकाले चर्चामा आइरहीन् । प्रियँकाले भने चर्चामा आउन हट शैली नै अपनाइन् । चैत्र २०, २०७८ मा प्रियंकाले पहिलो पटक आफू गर्भवती भएको जानकारी दिदै आफ्नो ‘बेबी बम्प’ सार्वजनिक गरेकी थिइन् ।
सामाजिक संजालमा श्रीमान् आयुष्मान सहितको तस्विर सेयर गर्दै उनले लेखिन्, ‘हो म गर्भवती छु, तपाई अब सोध्न छाडनुस् ।’
उनले त्यसपछि लगातार आफ्नो उक्सिएको पेट सार्वजनिक गरिरहीन् । चैत्र २३ मा त उनले पेटमा बालकको चित्र बनाएर जुस खाइरहेको कामुक तस्विर सार्वजनिक गरिन् र लेखिन्, ‘हाम्रो सानो चमत्कार ।’
हुन त यसअघि नायिका निशा अधिकारी र सिर्जना सुब्बा आदिले पनि बेबी बम्प सार्वजनिक गरेका थिए, तर प्रियँकाले चाहिँ अलि कामुक तस्विर सार्वजनिक गरेकाले चर्चासँगै बिबादमा आएकी हुन् ।
केही परम्पराबादीहरुले प्रियँकाको शैलीको आलोचना पनि गरे । सन्तान जन्माउनु सामान्य प्राकृतिक प्रक्रिया भएकाले यसलाई सार्वजनिक रुपमा होहल्ला गर्दै भुँडी देखाएर सामाजिक मर्यादाको ख्याल नगरिएको भन्ने तर्क पनि कसै कसैको रह्यो ।
प्रियँकाले भनिन्, ‘म यसलाई नकारात्मक रुपमा लिन्न, कसैलाई मन पर्दैन भने त्यो मेरो समस्या हैन । म गर्भवती अवस्थालाई पनि पूर्ण इन्जोय गर्न चाहन्छु, यो मेरो अधिकार हो ।’
आमा बनेका नायिकाहरु
चलचित्र उद्योगमा आमा बनेपछि ग्लेमरस ओज घटछ भनिन्छ । तर, नेपालमा थुप्रै नायिका आमा बनेपछि पनि चलचित्रमा छाइरहे । केही नायिका चाहिँ आमा बनेपछि पर्दाबाटै हराए ।
कुनै जमानाकी चर्चित नायिका करिश्मा मानन्धरले छोरी कवितालाई जन्म दिएकी थिईन् । कवितालाई जन्म दिएयता पनि करिश्माको चर्चा उस्तै छ । पढाइ र राजनीतिका कारण उनी चर्चामा आएकी हुन् । आमा बनेपछि पनि उनको रुप सौन्दर्यको चमक कायमै छ ।
विवाहलगत्तै भारतमा बसोबास गर्न थालेकी नायिका विपना थापाका छोरा कुसाग्र र्र्र्र्र्र्र्र्र्र्हुिर्कसकेका छन् । बिपना भूकम्प गएका बेला राहत बोकेर मथुराबाट नेपाल आएकी थिइन् र चलचित्रमा कमब्याक गर्ने इच्छा व्यक्त गरेकी थिइन् ।
नायिका झरना थापाकी छोरी सुहाना छिन् । संचिता लुईटेलले छोरा अर्थव र छोरी सानभीलाई जन्म दिइन् । संचिता चाँडै नै ‘राधा’ चलचित्रमार्फत कमब्याक गर्दैछिन् ।
यसैगरी नायिकाहरु मेलिना मानन्धरले छोरी मेलिस्का, अरुणीमा लम्सालले छोरी अक्षता, ऋचा घिमिरेले छोराहरु मिजास र महर्षि तथा एक छोरी, झरना बज्राचार्यले छोरा इशान, माल्भीका सुब्बाले छोरा जाइर रिओ, सुष्मिता बम्जनले छोरा अनमोललाई जन्म दिएका छन् । यी नायिका भने चलचित्र क्षेत्रमा अचेल खासै सक्रिय छैनन्, घर गृहस्थीमै रमाएका छन् ।
राजेश कहिले बाबु बन्ने ?
नायिका आमाको चर्चाबिच अर्को चर्चा पनि कहिल्यै सेलाउँदैन, चलचित्र उद्योगमा । त्यो राजेश कहिले बाबु बन्ने ? यो यक्ष प्रश्नका रुपमा बारम्बार उठिरहन्छ ।
पचास कटेपछि विवाह गरेका नायक राजेश हमाल अहिलेसम्म बाबु बनेका छैनन् । दर्शक र उनका फ्यानहरु राजेश बाबु बनेको हेर्न चाहन्छन् । मिडियामा राजेशलाई बारम्बार यही प्रश्न सोधिन्छ ।
यसबारेमा राजेशले भनिसकेका छन्, ‘सन्तान जन्मिएपछि पती पत्नीबिचको निकटता कम हुन थाल्छ । सन्तानतर्फ माया मोडिन्छ । हामी केही समय दाम्पत्य जीवन गाढा रुपमा बिताउन चाहन्छौं । यसै कारण सल्लाह गरेरै सन्तान नजन्माएको हो र सन्तान सुखको अभाव हामीलाई महसुस पनि भएको छैन ।’
दिपाश्रीको विवाह कहिले ?
अर्को यक्ष प्रश्नजस्तै छ, यो पनि । एफएम, टिभी, यूटयूब जताततै अन्तर्वार्ता लिनेहरुले ‘तपाइको विवाह कहिले ?’ भनेर कलाकार एवं निर्देशक दिपाश्री निरौलालाई सोध्ने गर्छन् ।
कहाँसम्म भने कमेडी च्याम्पीयनमा एक प्रतियोगीले भनिहाले, ‘नेपालका भ्रष्टाचारीमाथि कार्वाही हुनु र दिपाश्रीको विवाह हुनु उस्तै हो ।’
दिपाश्रीले पनि विवाहका बारेमा केही नसोचेको र अझै कलाकारितामै भिड्ने पक्षमा रहेको बताउँदै आएकी छिन् ।

तपाइँको प्रतिक्रिया