शुक्रबार, वैशाख २१, २०८१ |Sat May, 2024
अक्ल्याण्डको समय: ०४:२८ |सिड्नीको समय: ०२:२८ |काठमाडौंको समय: २२:१३

अष्ट्रेलिया, अमेरिका र बेलायतबीच ‘ओकस’ सम्झौतामा हस्ताक्षर :अष्ट्रेलियाले पनडुब्बी बनाउने

एएनजेड खबरसेप्टेम्बर १६, २०२१


सिडनी । सुरक्षा प्रणालीलाई अझ बलियो बनाउन अष्ट्रेलिया, अमेरिका र बेलायत एकढिक्का भएका छन् । यी तीन मुलुकबीच सुरक्षा सम्बन्धमा विशेष सम्झौता भएको छ ।
बिबिसीका अनुसार ‘ओकस’ नाम दिइएको यो सम्झौता चीनको अत्याधुनिक रक्षा प्रविधिलाई चुनौती दिन गरिएको हो ।
केही वर्ष यता चीनले सैन्य क्षमता बढाउँदै इन्डो प्यासिफिक क्षेत्रमा आफ्नो आक्रमक प्रभाव बढाउँदै लगेपछि अमेरिका, अष्ट्रेलिया र बेलायत झस्किएका थिए । विश्वमा चीनको आर्थिक र सामरिक वर्चस्वलाई चुनौती दिनकै लागि ओकस सम्झौता गरिएको बताइएको छ ।


यो सम्झौतामा उल्लेख भए बमोजिम अष्ट्रेलियाले पहिलो पटक परमाणु उर्जाबाट चल्ने पनडुब्बी निर्माण गर्नेछ । यो त्रिपक्षीय सम्झौतासँगै अष्ट्रेलियाले सन् २०१६ मा फ्रान्ससँग पनडुब्बी खरिद गर्नका लागि गरेको सम्झौता रद्द गरेको छ ।
ओकस सम्झौताले आर्टिफिसियल इन्टेलिजेन्स, क्वान्टम प्रविधि र साइबर पक्षलाई सुरक्षा सशक्तीकरणमा जोडनेछ । यो सम्झौतासँगै यी तीन मुलुकको सामुद्रीक सैन्य क्षमता तीन गुणाले बढाइएको छ ।
ओकस सम्झौताप्रति चीनले भने आपत्ति जनाएको छ । वासिंगटनस्थित चिनियाँ राजदूताबासले अमेरिका, बेलायत र अष्ट्रेलियाले शीतयुद्धकालीन मानसिकता राखेर गरेको ओकस सम्झौता रद्द हुनुपर्ने बताएको छ ।

तपाइँको प्रतिक्रिया