शनिबार, वैशाख २२, २०८१ |Sat May, 2024
अक्ल्याण्डको समय: १०:५८ |सिड्नीको समय: ०८:५८ |काठमाडौंको समय: ०४:४३

पनडुब्बी सम्झौताको विरोधमा फ्रान्सले अष्ट्रेलिया–अमेरिकाबाट आफ्ना राजदूत फिर्ता बोलाउँदै

एएनजेड खबरसेप्टेम्बर १९, २०२१


सिडनी । अमेरिकाले अष्ट्रेलियालाई पनडुब्बी निर्माणमा सघाउन हालै सम्झौताप्रति फ्रान्सले आपत्ति जनाएको छ ।
हिन्द प्रशान्त क्षेत्रमा चीनको बढदो प्रभाव रोक्न अमेरिका, बेलायत र अष्ट्रेलियाबीच हालै भएको सैन्य साझेदारीको सम्झौतामा अष्ट्रेलियालाई परमाणु उर्जामा आधारित पनडुब्बी निर्माणमा सघाउने उल्लेख छ ।
यो सम्झौता लगत्तै अष्ट्रेलियाले फ्रान्ससँग पनडुब्बी खरिदका लागि गरेको सम्झौता रद्द गरेको थियो । आफ्नो देशसँग भएको सम्झौता तोडेर तीन देशले नयाँ सम्झौता गरेकोमा आपत्ति जनाउँदै फ्रान्सले अष्ट्रेलिया र अमेरिकामा रहेका राजदूत फिर्ता बोलाउने निर्णय गरेको एजेन्सीहरुले जनाएका छन् ।
फ्रान्सले तीन देशबीचको सम्झौतालाई आफ्नो देशको अपमान बताएको छ । फ्रान्ससँगको अर्बौै डलरको सम्झौता तोडीएकाले अष्ट्रेलिया र अमेरीकाका राजदूत फिर्ता बोलाइएको फ्रान्सका विदेशमन्त्री जिन इभसले द्रियानले बताए ।
राजदूत फिर्ता बोलाउने फ्रान्सको निर्णयप्रति अमेरीकी राष्ट्रपति जो बाइडेनले दुःख व्यक्त गरेका छन् ।
‘फ्रान्सको यो कदमले मतभेद अझ बढनसक्छ’, वाइडेनले भने ।

तपाइँको प्रतिक्रिया