मंगलबार, जेठ १, २०८१ |Tue May, 2024
अक्ल्याण्डको समय: १८:०५ |सिड्नीको समय: १६:०५ |काठमाडौंको समय: ११:५०

मेलबर्नमा भूतसँग कुकुर खेलिरहेको भिडियो भाइरल (भिडियो सहित)

एएनजेड खबरनोभेम्बर २२, २०२१

भूत हुन्छ कि हुँदैन, त्यो त युगौंदेखिको बहसको विषय हो । तर, कहिलेकाँही यस्ता घटना र दृश्य देखिन्छन्, जसले मानिसलाई भूतको अस्तीत्वलाई पूर्णत अस्विकार गर्न कठिनाइ हुन्छ ।


अस्टे«लियामा एउटा यस्तो भिडियो सामाजिक सँजालमा भाइरल भइरहेको छ, जसले सोच्न बाध्य पार्छ । भिडियोमा एउटा कालो कुकुर सेतो रँगको कुकुरसँग खेलिरहेको देखिन्छ । भिडियोलाई ध्यान दिएर हेर्ने हो भने कालो कुकुर त स्पष्ट देखिन्छ, तर, सेतो कुकुर चाहिँ केही अस्पष्ट देखिन्छ । अर्थात सेतो कुकुरको केवल छायाँ देखिन्छ ।


खासमा यो सेतो कुकुर एउटा भूत हो । यस्तै दावी गरेका छन्, यसको भिडियो शेयर गर्ने अस्टे«लियाबासी जेक डेमार्कोले । जेकका अनुसार यो भिडियो उनको घरको बगैचाको हो, जहाँ उनको पालतु कुकुर एउटा भूत कुकुरसँग खेलिरहेको छ ।


पालतू कुकुर र भूत कुकुर खेलिरहेको भिडियो उनको आँगनमा फिट गरिएको क्यामरामा कैद भयो । जब उनले यो भिडियो देखे, उनी आश्चर्यचकित भए ।
मेलबर्नमा बस्ने जेकका अनुसार उनको घरको चारैतिर फेसिंग भइरहेको थियो, जसबाट उनको घरभित्र कुनै जनावर छिर्नु असम्भव नै छ ।
‘मैले यो सेतो कुकुर केवल भिडियोमा देखें, जब म मैदानमा उसलाई हेर्न गएँ, त्यो कतै पनि थिएन । अनि मैले यसको लाइभ भिडियो हेरें’, जेकले भने ।


यो घटना भइरहँदा आफु ग्यारेजमा चुरोट पिउँदै थिए । यो घटनापछि जेक र उनकी पत्नीले घरको नियमित देखभाल गर्न थालेका छन् ।

तपाइँको प्रतिक्रिया