मंगलबार, जेठ १, २०८१ |Tue May, 2024
अक्ल्याण्डको समय: १०:५० |सिड्नीको समय: ०८:५० |काठमाडौंको समय: ०४:३५

‘ओमिक्रोन’ संक्रमण रोक्न अष्ट्रेलियामा उच्च सर्तकता, सीमामा कडीकडाउ, क्वारेन्टिनका नयाँ नियम

एएनजेड खबरनोभेम्बर २९, २०२१
This image has an empty alt attribute; its file name is 40cd9959-6a10-4455-8c88-41f55cd0b0f3-GettyImages-1204275926.jpg

सिडनी । यही डिसेम्बरबाट अन्र्तराष्ट्रिय सीमा खुकुलो पार्दै आर्थिक र सामाजिक रुपमा सामान्य अवस्थामा फर्किने तयारी गरिरहेको अष्ट्रेलियालाई कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ले आफ्ना पूर्व घोषणामा पुनर्विचार गर्न बाध्य पार्दैछ ।


अष्ट्रेलियामा पनि ओमिक्रोन भेरियन्ट देखा परीसकेकाले उच्च सर्तकताका लागि अन्र्तराष्ट्रिय सिमामा कडीकडाउ गर्न थालिएको छ । दक्षिण अफ्रीकाबाट फैलिएको यो तिब्र सँक्रमित हुने नयाँ भेरियन्टले महामारीको रुप लिन नपाओस् भनेर अष्ट्रेलियाले अफ्रीकी मुलुकसँगको सीमा बन्द गरेको छ । अफ्रीकाबाट गएको १४ दिनभित्र प्रवेश गरेकालाई पनि क्वारेन्टीनमा बस्नुपर्ने नियम तय गरिएको छ ।


हालै दक्षिण अफ्रीकाबाट आएका दुइ जना यात्रुमा ओमिक्रोन संक्रमण पुस्टी भएकाले अष्ट्रेलियाले अहिलेदेखि नै प्रतिबन्धात्मक व्यवस्था र उच्च सतर्कता अपनाउन थालेको हो । सँक्रमित्र दुइ यात्रुलाई हाल क्वारेन्टाइनमा राखिएको छ ।

दक्षिण अफ्रिकाबाट उनीहरुसँगै आएका अन्य १२ यात्रुलाई पनि क्वारेन्टीनमा राखिएको छ । यी दुइजनामा बाहेक ओमिक्रोन संक्रमणको केश देखिएको छैन । तर, अफ्रीकाबाट बितेका १४ दिनमा एक सय जना यात्रु अस्ट्रेलिया आएकाले उनीहरुबाट थप फैलिनसक्ने जोखीमबिच यस्तो कडीकडाउ गरिएको हो ।


अफ्रीकाबाट आउनेहरु मात्र हैन, अन्य मुलुकबाट आउने यात्रुले दुबै डोज खोप लगाएकै किन नहुन्, तर आसन्न महामारीको जोखीमका कारण उनीहरुले पनि ७२ घन्टासम्म आइसोलेसनमा बस्नुपर्नेछ । न्यू साउथवेल्स र भिक्टोरिया राज्यले यस्तो नियम लागू गरेका हुन् । यति मात्र हैन, भिक्टोरीया र न्यू साउथवेल्सले अन्र्तराष्ट्रिय उडानमा रहेका चालक दलका सदस्यहरुलाई पनि १४ दिन आइसोलेसनमा बस्नैपर्ने र अनि मात्र जहाज उडाउन पाउने नियम जारी गरेका छन् ।


ओमिक्रोन भेरियन्टले अस्ट्रेलियालगायत विश्वभरी संत्रास फैलाएको छ । यो तिब्र रफ्तारमा फैलने नयाँ खालको भाइरस हो । कोरोनाविरुद्धको खोपलेसमेत यो नयाँ भेरियन्टलाई असर नपार्ने भएकाले उच्च सतर्कता अपनाउनैपर्ने खण्डखातिर देखा परेको हो ।


कोरोना भाइरस बहुरुपीया छ । हालसम्म कोरोना भाइरसले अल्फा, बिटा, गामा, डेल्टाको रुप धारण गरेर धेरै मानिस मारीसकेको छ । पछिल्लो ओमिक्रोन झन ज्याद्रो भएकालदे अन्र्तराष्ट्रिय यात्राका लागि सीमा खोलेका र लकडाउन खुकुलो पारेका अस्ट्रेलिया, भारत, अमेरिका र युरोपेली मुलुकहरुसमेत पुनः प्रतिबन्धात्मक व्यवस्थातर्फ फर्किन बाध्य भएका छन् । यसले सामान्य हुँदै गएको यी देशको सामाजिक, आर्थिक जनजिवनमा पुनः असर पार्ने चिन्ता बढेको छ ।


अन्र्तराष्ट्रिय सीमा यही डिसेम्बरबाट खोल्दै विद्यार्थी र कामदारहरुलाई सहज स्वागत गर्ने अस्ट्रेलियाको तयारी थियो । हाललाई अफ्रीकी मुलुकसँग सम्बन्धीत उडानहरुमा प्रतिबन्ध लगाइएको छ । केही गरी जोखीम बढदै गएमा सम्पूर्ण रुपमै अन्र्तराष्ट्रिय आवागमन रोकिने त हैन भन्ने चिन्ता बढेको छ । डिसेम्बरबाट पढन जान पाइने भइयो भनेर खुसी भएका नेपाललगायतका मुलुकका विद्यार्थीमा पुनः अन्यौल र आशँका बढेको छ ।

तपाइँको प्रतिक्रिया