मंगलबार, जेठ १, २०८१ |Tue May, 2024
अक्ल्याण्डको समय: १२:०७ |सिड्नीको समय: १०:०७ |काठमाडौंको समय: ०५:५२

अस्ट्रेलियाले डिसेम्बर १५ सम्म सीमा नखोल्ने, विदेशी विद्यार्थी अन्यौलमा

एएनजेड खबरनोभेम्बर ३०, २०२१
This image has an empty alt attribute; its file name is opera-1.jpg


सिडनी । अस्ट्रेलियाले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको सम्भावित संकक्रमणको खतरा महसुस गर्दै अन्र्तराष्ट्रिय सीमा खुकुलो पार्ने पूर्व घोषणालाई १५ दिन लम्ब्याएको छ । ओमिक्रोनको वास्तविकता पूर्ण रुपमा पत्ता नलागेसम्म र जोखीमको आँकलन नभएसम्म डिसेम्बर १५ सम्म अस्ट्रेलियाको सीमा बन्द हुनेछ ।

डिसेम्बर १ देखि सीमा खुल्ने आसमा रहेका नेपाललगायतका अन्र्तराष्ट्रिय बिद्यार्थी र विदेशी कामदारले अझै दुइ साता कुर्नुपर्ने भएको छ । अस्ट्रेलिया आउन टिकटसमेत लिइसकेका कतिपय नेपाली बिद्यार्थीमा नयाँ परिस्थितिले अन्यौल सिर्जना गरिदिएको छ ।

अस्ट्रेलियामा ओमिक्रोन भेरियन्टको पाँचौ संक्रमित फेला परिसकेको छ । न्यू साउथवेल्स राज्यका अधिकारीहरुले आइतबार दक्षिण अफ्रीकाबाट सिडनी पुगेका दुइ यात्रीमा ओमिक्रोन भेरियन्ट देखा परेको बताएका थिए । सोमबार ओमिक्रोनका थप दुइ केस देखा परे । उनीहरु पनि आइतबार दक्षिण अफ्रीकाबाट एक उडानमार्फत अस्ट्रेलियाको सर्वाधिक जनघनत्व भएको राज्यमा आएका थिए । यसैगरी जोहानिसबर्गबाट गत साता अस्टे«लियाका शहर डार्बिन पुगेका एक दक्षिण अफ्रीकीमा पनि ओमिक्रोन संक्रमण भेटिएको अधिकारीहरुले पुष्टी गरेका छन् ।

यी सबै परिदृश्यमा अस्ट्रेलियामा नयाँ भेरियन्ट सँक्रमण फैलिन नदिन अस्ट्रेलियाले डिसेम्बर १५ सम्म सीमा बन्द राखीरहने निर्णय गरेको हो । प्रधानमन्त्री स्कट मोरिसनले खोप लगाइसकेका एवं कुशल श्रमिकलाई सिडनी वा मेलबर्न विमानस्थलमा क्वारेन्टाइन बिना नै प्रवेश अनुमतिको घोषणा गरेका थिए । तर, अब नयाँ परिस्थिति सिर्जना भएकाले त्यो घोषणा हाल लागू हुनेछैन ।

‘नयाँ भेरियन्ट सँक्रमणको संख्या स्वयंमा कुनै मुद्दा हैन, मुख्य कुरा कतै मानिसहरु गम्भीर रुपमा विरामी भइरहेका हुन् मानिसहरु अस्पतालहरुको बोझ बढाइरहेका हुन् ? ओमिक्रोन के कति जोखीमपूर्ण छ त्यसबारेमा बुझ्नु जरुरी छ’, प्रधानमन्त्री मोरिसनले भने ।
न्यू साउथवेल्स र भिक्टोरियाले चाहिँ राजधानी क्यानबेरामा विदेशबाट आउने सबै यात्रुले ७२ घन्टासम्म क्वारेन्टीनमा रहनुपर्ने निर्णय लिइसकेका छन् ।


तपाइँको प्रतिक्रिया