शनिबार, वैशाख २२, २०८१ |Sat May, 2024
अक्ल्याण्डको समय: ११:३४ |सिड्नीको समय: ०९:३४ |काठमाडौंको समय: ०५:१९

मछिन्द्रले खुमलटारलाई ७-३ गोलले हरायो, ओलावाले एक्लै ५ गोल गरे !

एएनजेड खबरअप्रिल ११, २०२३

ए डिभिजन लिग अन्तर्गत मछिन्द्र फुटबल क्लबले एफसी खुमलटारमाथि ७-३ गोल अन्तरले जित निकालेको छ।

ललितपुरको च्यासल मैदानमा आज भएको खेलमा दुई पटकको च्याम्पियन मछिन्द्रले नवप्रवेशी खुमलटारलाई ठुलो गोल अन्तरले पराजित गरेको हो।

मछिन्द्रका अफिज ओलावाले एक्लै ५ गोल गरे। जारी लिगमा पहिलो ह्याट्रिक हानेका ओलावाले खेलको २४, २८ र ५५ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन्।

ओलावाले खेलको ६२ र ६७ मिनेटमा गोल थप्दै आफ्नो नाममा ५ गोल बनाएका हुन्।

मछिन्द्रका लागी विमल घर्तीमगरले पहिलो हाफको इन्ज्युरी समय र विजय भुजेलले ८६ औँ मिनेटमा गोल गरेका थिए।

खुमलटारका लागि मेसुके ओलुमोउले खेलको ६० र ८१ औं मिनेटमा गोल गरे। स्टेफन समिरले खेलको ७५ औँ मिनेटमा पेनाल्टी मार्फत गोल गरे।

आजको जितसँगै मछिन्द्र ८ खेलबाट १२ अंक जोड्दै छैटौँ स्थानमा छ। खुमलटार सात अंक सहित दशौं स्थानमा यथावत छ।

तपाइँको प्रतिक्रिया