शनिबार, वैशाख २२, २०८१ |Sat May, 2024
अक्ल्याण्डको समय: ०७:१३ |सिड्नीको समय: ०५:१३ |काठमाडौंको समय: ००:५८

 सन्दीप लामिछानेलाई भोलि दक्षिण अफ्रिका पठाउने 

एएनजेड खबरजुन ४, २०२३

नेपाल क्रिकेट सङ्घ क्यानले सन्दीप लामिछानेलाई दक्षिण अफ्रिका पठाउने तयारी गरेको छ । राष्ट्रिय क्रिकेट टिमका लेगस्पिनर  लामिछानेलाई सोमबार  दक्षिण अफ्रिका पठाउने तयारी गरेको हो। 

बलात्कारको मुद्दा खेपिरहेका लामिछानेको पेसी असार २९ गते सम्मका लागि सरेपछि क्यानले उनलाई राष्ट्रिय टोली सँगै दक्षिण अफ्रिका खेल्न पठाउन लागेको हो ।

जिम्बाब्वेमा हुने विश्वकप क्रिकेट छनोटको तयारीका लागि नेपाली क्रिकेट टिम दक्षिण अफ्रिका पुगिसकेको छ । तर लामिछानेको मुद्दाको पेसी परेको भन्दै क्यानले उनलाई टोलीमा सामेल गराएको थिएन ।

तर पेसी सरेपछि उनलाई जतिसक्दो छिटो दक्षिण अफ्रिका पठाउन  क्यान लागी परेको देखिन्छ। 

तपाइँको प्रतिक्रिया