शुक्रबार, वैशाख २१, २०८१ |Sat May, 2024
अक्ल्याण्डको समय: ०२:३९ |सिड्नीको समय: ००:३९ |काठमाडौंको समय: २०:२४

एनआरएन अध्यक्ष उम्मेदवारमा डिला खरेल, उपाध्यक्ष सन्ध्या शाह र महासचिवमा अनिल पोखरेल तोकिए !!

एएनजेड खबरजुन ७, २०२३

गैर आवासिय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको आगामी जुलाई २९ मा हुने निर्वाचनमा प्रजातान्त्रिक समुहको तर्फवाट अध्यक्ष पदमा डिला (डिलाराम) खरेलले उम्मेदवारी दिने पक्का भएको छ ।


अष्ट्रेलियामा रहेका प्रजातान्त्रिक पक्षधर सामाजिक अगुवाहरूले २०२३-२५ निर्वाचनका लागि स्टेरिंग कमिटी निर्माण गरेको थियो । सोही कमिटीले चयन गरेको ५ सदस्यीय छनौट समितिले डिला खरेललाई आगामी अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको जनाएको छ ।
अध्यक्ष पदमा इच्छा गरि आवेदन दिएका सन्ध्या शाहलाई न्यू साउथ वेल्स राज्य संयोजक (उप सभापति) उम्मेद्वार बनाउने निर्णय गरेको छ ।
अध्यक्ष पदका अर्का शसक्त दावेदार अनिल पोखरेललाई महासचिव पदमा उम्मेदवार बनाउने निर्णय गरेको समितिले जनाएको छ ।
त्यसैगरि सचिव पदमा थिर गुरूंग र कोषाध्यक्ष पदमा इरशाद अहमदलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।


छनौट समितिमा दुर्गा आचार्य संयोजक रहेका थिए भने जनसम्पर्क समिति अष्ट्रेलियाका संयोजक सुरेश गुरूंग, एनएडिफका पू्व अध्यक्ष सुरेन्द्र सापकोटा, गणेश केसी र अभिमन्यू केसी सदस्य रहेका थिए ।


यता छनौट समितिले आधिकारिक उम्मेदवार डिला खरेललाई छनौट गरे लगत्तै महासचिव पदमा उमेदवार छनौट गरिएका अनिल पोखरेलले सामाजिक सन्जाल मार्फत आफु अध्यक्ष पदमै निर्वाचन लड्ने घोषणा गरेका छन् । यस विषयमा पोखरेलसंग सम्पर्क गर्दा आफु छनौट समितिका नाममा प्रत्येक पटक शिकार भइरहेकोले विधि सम्मत अध्यक्ष पदमा उम्मेदवारी दिने र जित्ने दावी गरे । 

तपाइँको प्रतिक्रिया