शुक्रबार, वैशाख २१, २०८१ |Sat May, 2024
अक्ल्याण्डको समय: ०२:३५ |सिड्नीको समय: ००:३५ |काठमाडौंको समय: २०:२०

सिड्नीको दक्षिणी क्षेत्रमा भूकम्पको धक्का !!

एएनजेड खबरजुन १८, २०२३

सिड्नीको दक्षिण पश्चिम भू-भागमा भूकम्प गएको छ। आज दिउसो २ बजेको समयमा  ३.१ म्याग्निच्युडको भूकम्प गएको हो  ।

भूकम्प मापन केन्द्र जियोसाइन्स अस्ट्रेलियाका अनुसार  दिउँसो २ बजेतिर क्याम्पबेल टाउनको दक्षिण तर्फको एपिन नजिक भूकम्प गएको हो ।

जियोसाइन्स अस्ट्रेलियाका अनुसार भूकम्प ३ किलोमिटर गहिराइमा रहेको थियो। उक्त  क्षेत्रका मानिसहरूले भूकम्पको धक्का महसुस गरेका थिए। 

एपिन आसपासका बासिन्दाहरूले  भूकम्पको धक्का महसुस गरेको भन्दै सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए। 

तपाइँको प्रतिक्रिया