शनिबार, वैशाख २२, २०८१ |Sat May, 2024
अक्ल्याण्डको समय: १३:५३ |सिड्नीको समय: ११:५३ |काठमाडौंको समय: ०७:३८

महिला फुटबल : आज नेपाल र बङ्गलादेश खेल्दै  

एएनजेड खबरजुलाइ १३, २०२३

नेपाली राष्ट्रिय महिला फुटबल टिमले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल सिरिजको पहिलो खेलमा आज बङ्गलादेशसँग खेल्दैछ । बङ्गलादेशको ढाकामा नेपाली समय अनुसार बेलुकी सवा ५ बजे सुरु हुनेछ । 

चीनमा आगामी सेप्टेम्बर-अक्टोबरमा हुने १९औँ एसियन गेम्सको तयारी स्वरूप नेपालको महिला टोलीले बङ्गलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

गत वर्ष भएको साफ महिला च्याम्पियनसिपको फाइनलपछि नेपाल र बङ्गलादेशको महिला फुटबल टिम पहिलो पटक भिड्न लागेका हुन् ।

त्यस बेला काठमाडौँमै घरेलु टोली नेपाललाई ३-१ ले हराएर बङ्गलादेश पहिलो पटक साफ च्याम्पियन बनेको थियो ।

यस पटक नेपाल त्यो हारको बदला लिने लक्ष्यमा छ । 

इजरायली क्लब हापोन रानानामा अनुबन्ध हुँदै युरोपियन लिग खेल्ने तयारीमा रहेकी नेपाली स्टार सावित्रा भण्डारीको लय नेपालको लागि सहयोगी बन्ने प्रशिक्षक अनन्त थापा र कप्तान एन्जिला तुम्बाप्पो सुब्बाको विश्वास छ ।

तपाइँको प्रतिक्रिया