बिहीबार, वैशाख २०, २०८१ |Thu May, 2024
अक्ल्याण्डको समय: ११:२४ |सिड्नीको समय: ०९:२४ |काठमाडौंको समय: ०५:०९

देश परिवर्तन गर्न कांग्रेस परिवर्तन हुनुपर्छ: डा.कोइराला

एएनजेड खबरडिसेम्बर ८, २०२३

काठमाडौ । नेपाली कांग्रेसका वरिष्ठ नेता डा .शेखर कोइरालाले देशको अवस्था परिवर्तन गर्न नेपाली कांग्रेसको वर्तमान अवस्थालाई परिवर्तन गरेर जानुपर्ने बताएका छन् ।

शुक्रबार काठमाडौमा रीता शाहीद्वारा लिखित गजल संग्रह चिनारीको विमोचन गर्दै कोइरालाले कांग्रेसको अवस्था परिवर्तन नभइ देश परिवर्तन नहुने र देशको अवस्था परिवर्तन गर्न पहिले कांग्रेसको बर्तमान अवस्थालाई परिवर्तन गर्नैपर्ने बताए ।

‘देशको अवस्था परिवर्तन गर्न कांग्रेस पहिले परिवर्तन नभइ हुदैन, काग्रेस परिवर्तन भए मात्र देश परिवर्तन हुन्छ, अहिले लोकरिझ्याइका लागि मात्र काम भैरहेको छ, लोकरिझ्याइ केहि समयका लागि मात्र रहन्छ, सँधैलाई हुदैन,’ कोइरालाले भने ।

कोइरालाले जनतामा अहिले दलहरुले गरेका काम प्रतिको आक्रोश देखिन थालेको पनि बताए । जनतामा देखिन थालेको आक्रोशलार्इ अन्त्य गर्न दलहरुले तत्काल नै आचरण र ब्यवहारलाई सुधार गर्नुपर्ने उनको भनाइ छ ।

कोइरालाले कांग्रेस भित्र बेलाबखत आन्तरिक विषयमा बिवाद हुनु नौलो नभएको पनि बताए । लोकतान्त्रिक पाटी भित्र बादविवाद,संवाद, लडाइ स्वभाविक हुने भन्दै उनले त्यसले दललाई सुधारेर जान सहयोग पुग्ने पनि बताए ।

उनले दलहरुका बिचमा हुने गठबन्धनका विषयमा भने हालको निर्वाचन प्राणाली नै गठबन्धन नगरी नहुने किसिमको रहेको बताउदै प्री एलेक्सन गठनबन्धन गर्ने कि पोस्ट इलेक्सन गठबन्धन गर्ने भन्ने बारेमा भने सोच्नु पर्ने बताए । कस्तो दलसँग गठबन्धन हुन्छ भन्ने महत्त्वपूर्ण रहने भन्दै उनले कांग्रेस प्रजातान्त्रिक दल भएकोले कांग्रेसले लोकतान्त्रिक चरित्र बोकेका दलसँगै गठबंधन गर्नु पर्ने स्पष्ट पारे ।

तपाइँको प्रतिक्रिया