मंगलबार, जेठ १, २०८१ |Tue May, 2024
अक्ल्याण्डको समय: ०८:४८ |सिड्नीको समय: ०६:४८ |काठमाडौंको समय: ०२:३३

भित्री वस्त्रमा सुन लुकाएर नेपाल आएकी महिला पक्राउ

एएनजेड खबरजनवरी ७, २०२४

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि एक किलो ३०० ग्राम सुन बरामद भएको छ । अवैध सुनसहित एक जना श्रीलंकन महिला पक्राउ परेकी प्रहरीले जनाएको छ ।

ती महिलाले भित्री वस्त्रमा धुलो बनाएर सुन ल्याएको अवस्थामा उनलाई पक्राउ गरिएको हो । दुबईबाट नेपाल आएकी कान्थामात्रे काभास्कर नाम गरकी ती महिलाले सुन लुकाएर ल्याएकी थिइन् । उनलाई शनिबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले सुनसहित ती महिलालाई अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग पठाएको छ ।

तपाइँको प्रतिक्रिया