शुक्रबार, वैशाख २१, २०८१ |Sat May, 2024
अक्ल्याण्डको समय: ०२:३३ |सिड्नीको समय: ००:३३ |काठमाडौंको समय: २०:१८

अमेरिकामा जन्मिएकी रेखा थापाकी छोरीको नाम- वैभवी राज्यलक्ष्मी

एएनजेड खबरफ्रेब्रवरी २४, २०२४

काठमाडौं । अमेरिकामा रहेकी अभिनेत्री रेखा थापालाई पुत्रीलाभ भएको छ । उनले पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी हुन् । जन्मनेबितिक्कै छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखिएको छ ।

दुई महिनाअघि अमेरिका गएकी रेखाले आज क्लोराडोको एक अस्पतालमा छोरी जन्माएको सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छन् । सामाजिक सञ्जालमा सार्वजनिक गरिएको तस्वीरमा उनका श्रीमान बलराम शाही ठकुरी पनि देखिएका छन् ।

पुत्रीलाभ गरेर एउटा खुशी परपर गरेकी रेखाले अर्को खुशी आगामी फागुन २५ मा पाउने सम्भावना छ । पाँच वर्षपछि रेखाको नयाँ चलचित्र उपहार रिलिज हुँदैछ ।

तपाइँको प्रतिक्रिया