बिहीबार, वैशाख २०, २०८१ |Thu May, 2024
अक्ल्याण्डको समय: १३:५७ |सिड्नीको समय: ११:५७ |काठमाडौंको समय: ०७:४२

अभिभावकको सम्मानमा एनआरएनए अष्ट्रेलियाले बृहत वनभोज गर्दै, फाराम भर्न आब्हान

एएनजेड खबरमार्च १४, २०२४

सिड्नी । गैर आवासीय नेपाली संघ(एनआरएनए)एनएसडब्लुले नेपालदेखि अष्ट्रेलिया भ्रमणमा रहेका अभिभावकहरुका निम्ती बृहत बनभोज कार्यक्रमको आयोजना गर्ने भएको छ । नेपाली अभिभावक तथा अग्रजहरुको सम्मानका लागि यस्तो कार्यक्रमको आयोजना गरिएको अध्यक्ष अनिल पोखरेलले जानकारी दिए ।

यही २३ मार्च शनिबारका दिन हुन लागिरहेको बनभोज कार्यक्रममा अभिभावकहरुको स्वास्थ्य जाँच, दन्त परीक्षण, रमणीय स्थलहरुको भ्रमण, फोटोग्राफी साथै स्वादिष्ट परिकारहरुको व्यवस्था गरिएको आयोजकले जनाएको छ । बनभोज अष्ट्रेलियाको न्यूक्यास्टलमा राखिएको छ र बनभोजस्थलसम्म पुग्नका लागि सिड्नीका विभिन्न स्थानबाट बस सेवाको व्यवस्था गरिएको छ । वनभोजमा सहभागी हुन फाराम अनिवार्य रुपमा भर्नुपर्ने व्यस्था गरिएको छ ।

तपाइँको प्रतिक्रिया