बिहीबार, वैशाख २०, २०८१ |Thu May, 2024
अक्ल्याण्डको समय: १३:५७ |सिड्नीको समय: ११:५७ |काठमाडौंको समय: ०७:४२

भारतमा राष्ट्रिय चुनावको घोषणा, सात चरणमा निर्वाचन हुने

एएनजेड खबरमार्च १७, २०२४

काठमाडौँ । भारतको लोकसभा चुनाव ७ चरणमा हुने भएको छ । अप्रिल १९ देखि १ जुनसम्म गरी सात चरणमा निर्वाचन हुने भएको हो ।

चुनाव आयोगका अनुसार जुन ४ तारिखमा मतगणना हुनेछ । शनिबार लोकसभा चुनावको मिति सार्वजनिक भएको हो । चुनाव ४६ दिनसम्म हुनेछ ।

लोकसभासँगै ४ राज्य, आन्ध्रप्रदेश, ओडिशा, अरुणाचल प्रदेश र सिक्किमको विधानसभा चुनावको मिति सार्वजनिक भएको हो । ओडिशामा १३ मे, २५ मे र १ जुनमा चुनाव हुनेछ । ५४४ सिटमा चुनाव हुनेछ ।

१९ अप्रिलमा १०२ सिट, २६ अप्रिलमा ८९ सिट, ७ मेमा ९४ सिट, १३ मेमा ९६ सिट, २० मेमा ४९ सिट, २५ मेमा ५७ सिट र सातौँ चरणमा १ जुनमा ५७ सिटमा चुनाव हुनेछ ।

पहिलो चरणको चुनावका लागि मनोनयन मार्च २० देखि शुरु भइ २७ मार्चसमम चल्नेछ । नाम छानबिन २८ मार्चमा हुनेछ भने ३० मार्चमा नाम फिर्ता लिन सकिनेछ । चाडका कारण बिहारमा नामांकन २० मार्चमा र नाम फिर्ता २ अप्रिलमा हुनेछ ।

यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लगातार तेस्रो पटक आफ्नो दललाई जनताको आशीर्वाद मिल्ने बताएका छन् । लोकसभा चुनावको घोषणा भएपछि मोदीले ट्वीटरमा ट्वीट गर्दै बीजेपी–एनडीए चुनावमा उत्रिनका लागि तयार रहेको तथा सुशासन र जनसेवाको आफ्नो ट्रयाक रेकर्डको आधारमा आफूहरु जनता जनार्दनको बीचमा जाने बताए ।

तपाइँको प्रतिक्रिया