शनिबार, वैशाख २२, २०८१ |Sat May, 2024
अक्ल्याण्डको समय: ०६:२३ |सिड्नीको समय: ०४:२३ |काठमाडौंको समय: ००:०८

श्रम स्वीकृतिका लागि रातभर सेवा, तीन सिफ्टको व्यवस्था

एएनजेड खबरमार्च ३०, २०२४

काठमाडौं । वैदेशिक रोजगार कार्यालय ताहाचलले सेवाग्राही बढेपछि तीन शिफ्टमा सेवा दिन थालेको छ । कार्यालयले रातभर सेवा दिने भएको छ ।

वैदेशिक रोजगारीमा जानेहरूलाई श्रम स्वीकृतिका लागि तीन ‘शिफ्ट’मा काम थालेको हो । वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेका अनुसार बिहान ७ देखि दिउँसो २ बजेसम्म, दिउँसो २ देखि राति ९ बजेसम्म र राति ९ देखि बिहान ४ बजेसम्म गरी तीन ‘शिफ्ट’ मा सेवा दिन थालिएको हो ।

यसअघि बिहान ७ देखि दिउँसो २ बजेसम्म र दिउँसो २ देखि राति ९ बजेसम्म सेवा दिने गरिएको थियो ।कार्यालयका ५७ जना कर्मचारीलाई आलोपालो गरी व्यवस्थापन मिलाइएको महानिर्देशक घिमिरेले जानकारी दिए । उनका अनुसार बिदाको दिनसमेत कार्यालय सञ्चालन गरी सेवा प्रवाहलाई थप व्यवस्थित बनाइनेछ ।

तपाइँको प्रतिक्रिया