बुधबार, वैशाख १९, २०८१ |Thu May, 2024
अक्ल्याण्डको समय: ०६:१० |सिड्नीको समय: ०४:१० |काठमाडौंको समय: २३:५५

पछिल्लो समय अष्ट्रेलियाको न्यू साउथ बेल्स र भिक्टोरिया नेपालीहरुको रोजाइमा

एएनजेड खबरअप्रिल ५, २०२४

सिड्नी । अष्ट्रेलियाका विभिन्न सहरहरुमध्ये न्यू साउथ बेल्स र भिक्टोरिया राज्यमा नेपालीहरुको सबैभन्दा बढी जनसंख्या रहेको तथ्यांकले देखाएको छ । अष्ट्रेलियाको सरकारी तथ्यांक अनुसार सिड्नीको अर्बनलगायतमा १० हजारको हाराहारीमा नेपालीहरुको बसोबास रहेको अनुमान गरिन्छ ।

अष्ट्रेलियाका सबै सहरमा कति नेपाली समुदायको बसोबास छ भन्ने स्पष्ट तथ्यांक नभएपनि करिब १ लाख ८० हजार रहेको अनुमान गरिंदै आएको छ । पछिल्लो समय भने न्यू साउथ बेल्स र भिक्टोरिया नेपालीहरुको रोजाइमा परेको छ ।

क्वीइन्सल्याण्ड, एडिलेड, डार्विन लगायतका शहरहरुमा पनि नेपालीहरुको जनसंख्या बढ्दो क्रममा रहेको अनुमान गरिन्छ । सिड्नी भित्रका विभिन्न स्थानहरुमा नेपालीहरुको बाक्लो जनसंख्या पाइन्छ । हस्टभिल, स्टाटफिल्ड, रकडेल, क्याम्सी, ग्रानभिल, कोगराह, पारामाटा र एसफिल्ड जस्ता स्थानमा नेपालीहरुको जनसंख्या बाक्लिंदो छ । ति स्थानमा नेपालीहरुले व्यापार व्यवसाय पनि बढाउँदै लगेका छन् ।

सिड्नीमा भने पछिल्ला बर्षहरुमा कोठाको भाडा बढ्नेक्रम रहेकाले कतिपय भने बसाइ सर्न थालेका छन् ।

तपाइँको प्रतिक्रिया