बिहीबार, वैशाख २०, २०८१ |Thu May, 2024
अक्ल्याण्डको समय: ०७:२५ |सिड्नीको समय: ०५:२५ |काठमाडौंको समय: ०१:१०

नवाजको २५ औं स्थापना दिवसमा अष्ट्रेलियाको साउथ ग्रानभिलमा फुटबल प्रतियोगिता हुने

एएनजेड खबरअप्रिल १५, २०२४

सिड्नी । सामाजिक कार्यमा सक्रिय अष्ट्रेलियाको नेप्लिज अष्ट्रेलियन वेलफेयर सोसाइटी (नवाज)को आयोजना तथा एक्सपर्ट एजुकेशनको सहयोगमा साउथ ग्रानभिलमा नवाज कप फुटबल प्रतियोगिता हुने भएको छ ।

नवाजको २५ औं स्थापना दिवसको उपलक्ष्यमा अप्रिल २१ देखि सुरु हुने प्रतियोगितामा सिड्नीका करिब १६ वटा नेपाली टोलीले भाग लिने हालै एक समारोहको आयोजना गरी जानकारी गराइयो । नक आउटका आधारमा हुने प्रतियोगिता सामाजिक सदभाव, आपसी भाइचारा र आपसी मेलमिलापको सन्देश बोकेर आयोजना गर्न लागिएको समाजका अध्यक्ष चिरन तिवारीले जानकारी दिए ।

हरेक आइतबार हुने प्रतियोगिता करिब एक महिना चल्ने तथा विजेता तथा उपविजेतालाई नगद पुरस्कार तथा ट्रफी, प्रमाणपत्र र पदक प्रदान गरिने अध्यक्ष तिवारीले बताए । 
कार्यक्रममा सहयोगी संस्था एक्सपर्ट एजुकेशनका अन्तर्राष्ट्रिय कार्यकारी निर्देशक बद्री अर्यालले नवाजले केही समयको बिश्रामपछि भएपनि पुन आफ्नो खेलकर्मलाई थालनी गरेकोमा खुसी ब्यक्त गरे ।

प्रतियोगिता ४०÷४० मिनेट हुनेछ । नेपाली राष्ट्रिय टोलीका करिब ४० बढी खेलाडी रहेको क्लबहरुको सहभागिता रहने भएकाले प्रतियोगिता निकै रोमान्चक हुने अनुमान गरिएको छ । प्रतियोगिता खेलाडिहरुले आफ्नो कला कौशल प्रर्दशन गर्न सक्ने भएकाले निकै उत्साहपूर्ण सहभागीता रहने एनआरएनइ न्यु साउथवेल्सका सचिब कल्याण खड्काले बताए ।

अष्ट्रेलियन नेप्लिज फुटबल संघका अध्यक्ष बिजेन बटाजुले नवाजले फुटबललाई पुनः सम्झेको र नेपाली समूदायबिच भाइचाराको सम्बन्ध विस्तार गर्ने अवसर प्राप्त भएको बताए । बटाजुले यस्ता स्तरिय प्रतियोगिताले खेलाडीलाई निखार्ने भएकोले खेलाडीहरुलाई नियम र परीधी भित्र रहेर अनुशासित तवरले सहभागिता जनाउन अनुरोध समेत गरे ।

आयोजक समितिका संयोजक बैकुन्ठ डंगोलले प्रतियोगिताको स्वरुप र आयोजनको विविध पक्षबारे प्रकाश पारेका थिए । कार्यक्रममा प्रायोजकको तर्फवाट केओआइका वजार ब्यबस्थापक जोनले प्रतियोगिताको सफलताको शुभकामना ब्यक्त गरे । एन्फाका पुर्व अध्यक्ष राजु मानन्धर, सन्चारकर्मी कृष्ण तिवारी लगायतले प्रतियोगिता सफलताको कामना व्यक्त गरे ।

तपाइँको प्रतिक्रिया