बिहीबार, वैशाख २०, २०८१ |Thu May, 2024
अक्ल्याण्डको समय: ११:०४ |सिड्नीको समय: ०९:०४ |काठमाडौंको समय: ०४:४९

अष्ट्रेलियामा कामदारको तलब बृद्धि गर्ने तयारी

एएनजेड खबरअप्रिल १६, २०२४

काठमाडौं । मूल्यबृद्धि र कामदार अभावको मार खेपिरहेको अष्ट्रेलियामा कार्यरत कामदारहरुको पारिश्रमिक वृद्धि हुनेगरी सरकारले तयारी थालेको छ । कामदारको हकहित र तबल निर्धारण गर्ने फेयर वर्क कमिशनले तलब बृद्धिबारे आन्तरिक तयारी गरिरहेको बुझिएको छ ।

गतबर्ष सबैभन्दा कम पारिश्रमिक पाउने कामदारले प्रतिघण्टा न्युनतम पारिश्रमिक २३ डलर २३ सेन्ट पाउनेगरी बृद्धि गरिएको थियो । महंगीको मारमा परेका कामदारलाई राहत दिनेगरी दुई डलरको तलबबृद्धीको निर्णय भएको थियो । यसपाली फेयर वर्क कमिशनले कम्तिमा १० प्रतिशत तलब बृद्धिको तयारी गर्ने जनाएको छ ।

आगामी दिनमा क्षेत्र अनुसार तलब बढाउने गृहकार्य भइरहेको छ । त्यसका लागि फेयर वर्कले महंगी तथा विगतको तलबबृद्धिको आधारमा सरकारलाई नयाँ तलबमानका लागि तयारी गरिरहेको स्थानीय संचारमाध्यमहरुले उल्लेख गरेका छन् । निर्माण क्षेत्रमा कामदार अभाव खेपिरहेको अष्ट्रेलियामा यसपाली स्वास्थ्य क्षेत्रसँगै निर्माणका क्षेत्रमा भारी मात्रामा तलब बृद्धिको अनुमान गरिएको छ ।

अष्ट्रेलियामा औषत तलब ३५ डलर प्रतिघण्टा रहेको छ । सरकारले नयाँ कर नीति ल्याएकाले कामदारहरु प्रभावित हुँदै आएकोमा नयाँ तलबबृद्धिले केही राहत महशुस गर्नेछन् । अष्ट्रेलियामा प्रत्येक वर्ष विज्ञको एउटा प्यानलले न्युनतम ज्याला निर्धारण गर्ने गर्छ ।

ट्रेड युनियन अधिकारकर्मीहरुले तल्लो तहका कर्मचारीहरुले पारिश्रमिक अति न्यून भएकाले दैनिकी चलाउनै गाह्रो भएकाले जतिसक्दो धेरै बढाउन दबाब दिने गरेका छन् । नीजि क्षेत्रका कम्पनीहरुले तलबृद्धिप्रति असन्तुष्टि जनाउने गरेका छन् ।

तपाइँको प्रतिक्रिया