शुक्रबार, वैशाख २१, २०८१ |Sat May, 2024
अक्ल्याण्डको समय: ०३:४७ |सिड्नीको समय: ०१:४७ |काठमाडौंको समय: २१:३२

क्यानाडा बस्न चाहने नेपालीमध्ये ८८ प्रतिशत भन्दा धेरैको निवेदन स्वीकृत

एएनजेड खबरअप्रिल २१, २०२४

काठमाडौं । क्यानाडा बस्न चाहने नेपालीमध्ये ८८ प्रतिशत भन्दा धेरैको निवेदन स्वीकृत भएको छ । इमिग्रेसन एण्ड रेफ्युजी बोर्ड क्यानाडाका अनुसार गत वर्ष हालसम्मकै सबैभन्दा धेरैले शरण लिन चाहेको हुन ।

त्यसको अघिल्लो वर्ष २०२२ मा पनि झन्डै त्यति नै निवेदन स्वीकृत भएको थियो। जनबरी २०२३ देखि डिसेम्बर २०२३ सम्म बोर्डमा सिफारिस भएर आएका ४४८ जना व्यक्ति मध्ये १३६ जनाको सुनुवाइ भएकोमा १२० जनाले शरण पाएका थिए।

बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार विश्वका विभिन्न देशबाट २०२३ मा एक लाख ३७ हजार ९४७ जना थिए। युएनएचसिआरका अनुसार, २०२२ मा ४ हजार ९७ जना नेपालीले विभिन्न देशमा शरणका लागि निवेदन दिएका थिए।

नेपालीले धेरै शरण मागेका देशहरूमा बेलायत, अमेरिका र साइप्रस छन्। तर, सबै देशमा शरणका लागि दिएको निवेदन मध्ये ९३ प्रतिसतको निवेदन अस्वीकृत हुने गरेको युएनएचसिआरले जनाएको छ।

बोर्डका अनुसार २०२३ मा थप ४४८ जना नेपाली निर्णयको पर्खाइमा छन्। नेपाली नागरिकलाई शरण दिने देशमा क्यानाडा र आयरल्याण्ड अग्रपङ्तिमा रहेको जनाइएको छ ।

तपाइँको प्रतिक्रिया