शुक्रबार, वैशाख २१, २०८१ |Sat May, 2024
अक्ल्याण्डको समय: ०५:३२ |सिड्नीको समय: ०३:३२ |काठमाडौंको समय: २३:१७

नेपाल भ्रमणमा आउन लागेका कतारका अमिरसँग प्रचण्डले सम्झौता गर्ने

एएनजेड खबरअप्रिल २२, २०२४

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले यही वैशाख ११ र १२ गते नेपालको राजकीय भ्रमण गर्दैछन् ।

भ्रमणका अवसरमा उनले राष्ट्रपति पौडेलसँग शितल निवासमा भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जानएको छ । त्यस्तै राष्ट्रपति पौडेलले उनको सम्मानमा राजकीय भोजको आयोजना गर्नेछन् ।

कतारका अमिर शेख थानीले वैशाख १२ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग द्विपक्षीय वार्ता गर्ने मन्त्रालयले जनाएको छ । वार्तापछि, दुवै नेताहरूले द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर गर्ने समारोहमा उपस्थित हुनेछन् । कतारका अमिर थानी सोही दिन काठमाडौँबाट प्रस्थान गर्नेछन् ।

थानीको भ्रमणका क्रममा प्यालेस्टाइन विद्रोहीको कब्जामा रहेका विद्यार्थीलाई सकुशल नेपाल फर्काउन पहलका लागि प्रचण्ड’ले प्रस्ताव राख्ने बताएका छ । आक्रमणमा परेर घाइते भएका तथा अन्य प्रभावित विद्यार्थीलाई यथाशीघ्र स्वदेश फिर्ता ल्याउन र ज्यान गुमाउने विद्यार्थीहरूको शव फिर्ता ल्याउनका लागि सरकारले निर्वाह गर्नुपर्ने भूमिका तदारूकतापूर्वक निर्वाह गरेको उल्लेख गरे ।

तपाइँको प्रतिक्रिया