शनिबार, वैशाख २२, २०८१ |Sat May, 2024
अक्ल्याण्डको समय: ०९:११ |सिड्नीको समय: ०७:११ |काठमाडौंको समय: ०२:५६

कतारी राजालाई नेपालमा भब्य स्वागतको तयारी, सार्वजनिक विदा दिइयो

एएनजेड खबरअप्रिल २३, २०२४

काठमाडौँ । नेपाल सरकारले मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मंगलबार नेपाल आउन लागेका कतारका अमिर (राजा) शेख तमिम बिन हमद अल थानीको राजकीय भ्रमणको अवसरमा सार्वजनिक बिदा दिएको सरकारकी प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिएकी हुन् ।

थानी पहिलोपटक नेपाल भ्रमणमा आउँदै छन् । उनले नेपालको दुई दिने औपचारिक भ्रमण गर्ने भएका छन् । अमिरको यो भ्रमणबाट कतार र नेपालबीचको आत्मीय सम्बन्ध अझ सुमधुर हुनका साथै पारस्परिक सहयोग एवं सहकार्यका क्षेत्र विस्तारमा मद्दत पुग्ने नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अल अन्सारीले बताए ।

शेख तमिम बिन हमद अल थानीलाई मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गर्दैछन् । परराष्ट्र मन्त्रालयका अनुसार थानीलाई मंगलबार साँझ ५ः३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति पौडेलले स्वागत गर्ने भएका हुन् ।

कतारी राजा आउँदा सुरक्षा व्यवस्था नेपाली सेनाले हेर्नेछ । दुई दिने भ्रमणका अवसरमा कतारी अमिरले राष्ट्रपति पौडेलसँग शीतलनिवासमा भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यस्तै राष्ट्रपति पौडेलले उनको सम्मानमा राजकीय भोजको आयोजना गर्नेछन् ।

तपाइँको प्रतिक्रिया