शनिबार, वैशाख २२, २०८१ |Sat May, 2024
अक्ल्याण्डको समय: ०८:२८ |सिड्नीको समय: ०६:२८ |काठमाडौंको समय: ०२:१३

नौं महिनामा साढे पाँच लाख विदेसिए, नौ खर्ब ६१ अर्ब रेमिट्यान्स आयो

एएनजेड खबरअप्रिल २३, २०२४

काठमाडौं । चालु आर्थिक वर्ष २०८०।८१ को नौ महिनामा रोजगारीका लागि श्रम स्वीकृति लिएर विदेश जाने नेपाली युवाको सङ्ख्या साढे पाँच लाखको हारहारीमा पुगेको छ ।

वैदेशिक रोजगार विभागका अनुसार चालु आवको साउनदेखि चैत महिनासम्म रोजगारीका लागि पाँच लाख ४२ हजार १७३ जनाले श्रम स्वीकृति लिएका छन् । चालु आवको आठ महिनामध्ये सबैभन्दा धेरै मङ्सिरमा ७१ हजार २७६ जना र सबैभन्दा कम कात्तिकमा ४३ हजार ६२२ जना बिदेसिएका छन् ।

चालु आवको नौ महिनामा नेपाली श्रमिकको पहिलो श्रम गन्तव्य देश संयुक्त अरब इमिरेट्स (युएई) भएको छ । नेपाल राष्ट्र बैङ्कले गत महिना सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आवको आठ महिना (फागुन महिना) सम्म नौ खर्ब ६१ अर्ब रुपियाँ विप्रेषण(रेमिट्यान्स) भित्रिएको छ ।

तपाइँको प्रतिक्रिया