शनिबार, वैशाख २२, २०८१ |Sat May, 2024
अक्ल्याण्डको समय: ०६:४२ |सिड्नीको समय: ०४:४२ |काठमाडौंको समय: ००:२७

अष्ट्रेलियाका प्रधानमन्त्री अल्बानीजको निशानामा एलन मस्क

एएनजेड खबरअप्रिल २३, २०२४

एजेन्सी । अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीज र अर्बपति व्यापारी एलन मस्कबिच सम्बन्ध चिसिएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार अल्बानीजले एलनलाई ‘अहंकारी’ को संज्ञा दिएका छन् । साथै प्रधानमन्त्रीले मस्कलाई निशाना बनाएका छन् ।

केही दिनअघि सिड्नीको एउटा चर्चमा छुरा प्रहारको घटनाको भिडियो सामाजिक संजालमा भाइरल भएपछि दुईबिच सम्बन्ध चिसिएको हो । एक १६ वर्षीय किशोरले एक चर्चका पादरीलाई इस्लामको आलोचना गरेको आरोपमा छुरा प्रहार गरेका थिए ।

अष्ट्रेलियाको दूरसञ्चार नियामकले एक्सलाई भिडियोसँग सम्बन्धित केही पोस्ट र टिप्पणी हटाउन आग्रह गरेका थिए । तर, एक्सले यस विषयमा कारबाही नगरेपछि अष्ट्रेलियाको अदालतले सोसल मिडिया प्लेटफर्मलाई टेलिकम नियामकको आदेश पालना गर्न भनेको छ ।

पछि एक्सले यो भिडियोलाई आफ्नो प्लेटफर्मबाट पूर्णरूपमा हटाउनुको सट्टा अष्ट्रेलियामा रहेका प्रयोगकर्ताका लागि मात्र हटाएको थियो । ​एक्सको तर्क थियो ‘अस्ट्रेलियाली सरकारले संसारभर देखाइएका सामग्रीमा मनमानी गर्न सक्दैन ।’

तपाइँको प्रतिक्रिया