सोमबार, वैशाख ३१, २०८१ |Mon May, 2024
अक्ल्याण्डको समय: २१:२० |सिड्नीको समय: १९:२० |काठमाडौंको समय: १५:०५

लगानी सम्मेलनमा ५४ देशका लगानीकर्ता : अष्ट्रेलियाबाट नौं जना मात्र

एएनजेड खबरअप्रिल २८, २०२४

काठमाडौं । नेपालमा स्वेदशी तथा विदेशी लगाउन भित्राउन आयोजित तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन काठमाडौंमा जारी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उदघाटन गरिसकेका छन् । नेपाल सरकारको आयोजनामा आइतबा र सोमबार हुने सम्मेलनमा नेपालबाहेक ५४ देशका लगानीकर्ता काठमाडौंमा भेला भएका छन् ।

सम्मेलनमा स्थानीय, प्रदेश, संघ र निजी क्षेत्रका समेत गरी १ सय ५० परियोजना प्रस्तुत गर्ने तयारी छ । लगानी बोर्डका अनुसार सम्मेलनमा ९ खर्ब बराबरका आयोजनाहरू प्रस्तुत हुनेछन् । सम्मेलनमा ऊर्जा, यातायात, खानी तथा खनिज, पर्यटन, उत्पादन, औद्योगिक पूर्वाधार तथा व्यापार, स्वास्थ्य तथा शिक्षा लगायत विविध क्षेत्रका परियोजना प्रस्तुत गर्ने तयारी छ ।

सम्मेलनमा नेपाली ३ सय ८५ जना लगानीकर्ताहरू सहभागी हुनेछन् भने चीनबाट २ सय ६५, भारतका एक सय ४३, संयुक्त राज्य अमेरिकाका ३३, जापानका २८, बेलायतका १४, बंगलादेशका १३, यूएई का १३ र जर्मनीका १० जना लगानीकर्ताहरू सम्मेलनमा सहभागी छन् ।

त्यस्तै, कोरिया, अस्ट्रेलिया र मलेसियाका ९÷९ जना सम्मेलनमा भाग लिएका छन । पाकिस्तानबाट आठ, सिंगापुरबाट ६, कतार र घानाबाट पाँच÷पाँच, साउदी अरब, फ्रान्स र बहराइनबाट चार÷चार जनाको सहभागिता छ ।

तपाइँको प्रतिक्रिया