सोमबार, वैशाख २४, २०८१ |Tue May, 2024
अक्ल्याण्डको समय: ०५:३५ |सिड्नीको समय: ०३:३५ |काठमाडौंको समय: २३:२०

कोरोना संक्रमण रोकथाममा पहिलो जोड खोपमै छ

स्वास्थ्य मन्त्री शेरबहादुर तामाङजुन १७, २०२१



स्वास्थ्य तथा जनसंख्या मन्त्रीको रुपमा शेरबहादुर तामाङ नियुक्त भएका छन् । उनले कोरोना विरुद्धको खोप आम नागरिकलाई उपलब्ध गराउने आफ्नो पहिलो एजेण्डाका रुपमा प्रस्तुत गरेका छन् । साथै अस्पतालको पूर्वाधार विकास, निजि र सरकारी अस्पतालमा देखिएको विकृति अन्त्यका लागि निरन्तर लाग्ने पनि जनाएका छन् । यसैसन्दर्भमा स्वास्थ्य मन्त्री तामाङसंग गरेको कुराकानिको सारसंक्षेपः
संक्रमण रोकथाममा के छन् तपाईका योजना ?
कोरोना संक्रमण रोकथाममा मेरो पहिलो जोड खोपमै छ । यसका अलावा हामीले कोरोना रोकथामका लागि शैया व्यवस्थापनदेखि आइसोलेसन सेन्टर, कोरोना परिक्षण लगायतका कामहरु गरिरहेका छौं । एक सय ५६ वटा सरकारी अस्पतालबाट कोरोना उपचार भइरहेको छ । सरकारी अस्पतालबाट पिसीआर परिक्षण निशुल्क हुन्छ । डेडीकेटेड अस्पतालबाट कोरोना उपचार हुँदै आएको छ । विर अस्पताललाई कोरोनाको सेन्टर अस्पतालमा रुपान्तरण गरेका छौं । कोरोनाको सिरीयस उपचार विर अस्पतालमा हुने गरि व्यवस्था मिलाएका छौं । कोरोना लाग्नै नदिन आम जनता नागरीक आफू सुरक्षित रहनुपरयो । भ्याक्सिन यथासिघ्र उपलब्ध गराएर जनतालाई सुरक्षित गर्ने र आम नागरिकको जिवन रक्षा गर्न निरन्तर पर्यत्न गरीरहेका छौं । करिब १४ लाख जेष्ठ नागरिकलाई भ्याक्सिन लगाउन बाँकि छ । खरीद प्रकृया या अनुदान प्रकृया जेसबाट हुन्छ छिट्टै भ्याक्सिन प्राप्त हुनेछ भने आसामा छौं । छिटो भन्दा छिटो जेष्ठ नागरिकलाई खोप लगाउने कुरामा सरकार लागि परेको छ ।

आम नागरिकले कहिले पाउँने खोप ?
सिमित राष्ट्रका सिमित कम्पनिले खोप उत्पादन गरिरहेको छ । केहि खोप उत्पादक राष्ट्रहरुसंग छलफल पनि गरिरहेका छौं । नेपाल जस्तो देशलाई छिटो भन्दा छिटो खोप दिन अपिल पनि गरेका छौं । यदि खोप उपलब्ध हुन्छ भन्ने खरिद गर्न पनि तयार छौं भनेर पनि भनेका छौं । खोप खरिदका लागि सबै प्रकृया सुरु भएको छ । कतिपय राष्ट्र र खोप उत्पादक कम्पनिका सर्तहरु पनि छन् । सर्तहरुबारे गहन ढंगले छलफल पनि गरिरहेका छौं । तर, नेपाली जनताको जिबन रक्षाका लागि स्वास्थ्य मन्त्रालय कटिबद्ध भएर लागेको छ । बिभिन्न कम्पनि र सरकारमार्फत् पनि खोप ल्याउन गहन ढंगले छलफल भएको छ । केहिदिन भीत्रै खोप सम्वन्धि सुखद समाचारहरु आउँछन् भन्ने मलाई लाग्छ ।
खोपमा कसलाई प्राथमिकता दिने योजना छ ?
हाम्रो पहिलो प्राथमिकता भनेको अग्रपंक्तीमा खटिने फ्रन्टलाइनरलाई उपलब्ध गराउने हो । विश्व स्वास्थ्य संगठनले पनि प्राथमिकताका सन्दर्भमा स्पष्ट रुपमा भनेको छ । फ्रन्टलाइनर, जेष्ठ नागरिक हुँदै क्रमिक रुपमा आम नागरिकलाई लगाउने भन्ने हो । हामीले ‘लोकल’ प्राथमिकता पनि बनाउन सक्छौं । केहि फ्रन्टलाइनरहरुपनि छुटेका छन् । यस्तै, यातायात मजदुर, शिक्षक, कर्मचारी, विद्यार्थि लगायत धेरै वर्गहरु छुट्नुभएको छ । खोप लगाउन छुटेकाहरुको फाइलहरु प्राप्त गरेका छौं । र, अब छिट्टै खोप अलिकती एकैचोटि धेरै ल्याउन सक्ने स्थिती बन्यो भने त्यसता सबै चिजलाई सम्बोधन गर्न पर्यत्नशिल छ । सरकारको लक्ष्य भनेको आम नागरिकलाई बचाउने भन्ने नै हो । उपलब्ध भएको उमेर समुहको आधारमा सबैलाई लगाउने मापदण्ड बनाएका छौं । यद्यपी खोप प्राप्त हुनुभन्दा अघिसम्म सुरक्षित भएर बस्दिनुस ।
निजि अस्पतालहरुले कोरोनाका नाममा मनलाग्दी शुल्क लिएका छन् नी ?
सरकारी अस्पतालमा आउनुस निशुल्क उपचार हुन्छ । निजि अस्पतालले अत्यन्तै धेरै शुल्क लिएको गुनासाहरु म कहाँ पनि आएको छ । यद्यपी हामीले कार्यादेश जारि गरेर निर्देशन पनि गरेका छौं । अनुगमन पनि गर्छौ । सरकारी अस्पतालहरुमा आएपछि निशुल्क उपचार गर्छौ । विर अस्पतालमा केहिदिनपश्चात् जो विरामी आउँछ त्यहाँबाट शैया छैन भनेर फर्किन पर्दैन । त्यसका लागि तयारी अन्तिम चरणमा पुगेको छ । सरकारी अस्पतालहरुबाट भर्ना नै नपाएर फर्किने स्थितीको अन्त्य हुने ग्यारेन्टीपनि गर्न चाहन्छु ।
सरकारले ल्याएको बजेटमा स्वास्थ्यलाई धेरै रकम बिनीयोजन गरिएको छ, यो बजेट कार्यान्वयन हुन्छ त ?
साउन १ गतेबाट बजेट वक्तव्य कार्यान्वयनमा आउँछ । सतप्रतिशत बजेट कार्यान्वयन गर्छौ । बजेट त बन्यो तर, कार्यान्वयन हुन सक्दैनथ्यो । यो पटक सबै बजेट कार्यान्वयन गर्ने गरि लाग्नेछु । किनभने अस्पताल बनाउने बजेट छ । त्यो त कार्यान्वयन गर्नुप¥यो नी । बजेट कार्यान्वयनका लागि कार्ययोजना बनाएर अघि बढ्छौं । कोरोना सम्वन्धि अध्यादेशले स्वास्थ्य सामाग्रि खरीदमा टेण्डर प्रकृयालाई छोट्याउने व्यवस्था गरेका कारण हामिलाई सहज हुन्छ ।

तपाइँको प्रतिक्रिया