आइतबार, वैशाख २३, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: १६:२९ |सिड्नीको समय: १४:२९ |काठमाडौंको समय: १०:१४

एनआरएन अष्ट्रेलियाबाट ब्यक्तिगत विवरण ‘शेयर’ भएको भन्दै उजुरी

एएनजेड खबरजुलाइ २५, २०२१


गैर आवासीय नेपाली संघ अष्ट्रेलियामा सदस्यता दर्ता गर्दा प्रयोग गरिएको आफ्नो ब्यक्तिगत विवरण र फोन नम्बर बाहिरिएको भन्दै उजुरी परेको छ ।
क्विन्सल्याण्ड राज्यका एक मतदाताले एनआरएन निर्वाचनका लागि मतदाता नामावली प्रयोजनमा मात्रै दर्ता भएको आफ्नो टेलिफोन नम्बर एनआरएनबाटै लिक गरिएको प्रति उजुरी गरेका हुन् । इञ्जिनियरिङ्ग पेशामा रहेका ती ब्यक्तिले एनआरएन निर्वाचनका लागि मतदाता फर्म भर्दा टेलिफोन नम्बर राख्नै पर्ने भएकाले नयाँ फोन नम्बर लिइ त्यसलाई एनआरएनएमा नाम दर्ता गर्दा प्रयोग गरेका थिए । उनका अनुसार सो नम्बर या त उनीलाई थाहा थियो, या एनआरएन अष्ट्रेलियालाई । त्यस बाहेक सो नम्बर कहिं कतै शेयर गरिएको थिएन ।


तर केही दिनअघि अध्यक्ष पदका उम्मेदवारले आफूलाई मतदान गर्न सोही नम्बरमा म्यासेज पठाएपछि आफ्नो ब्यक्तिगत गोपनियताको हक एनआरन भित्रैबाट लिक गरिएकोले छानबिन गरिपाउँ भनि एनआरएन बोर्ड समक्ष उजुरी गरेको सार्वजनिक भएँंगै यो विषयले अष्ट्रेलियाको नेपाली समाज आक्रोशित भएको छ ।


उजुरीकर्ताले अंग्रेजी भाषामा लेखिएको निवेदनमा भनेका छन्,‘मेरो अनुमति बिना मेरो ब्यक्तिगत फोन नम्बर शेयर गर्ने अधिकार एनआरएनएलाई छैन । मैले भेरिफिकेशनका लागि मात्र मेरो नम्बर उपलब्ध गराएको हुँ । एनआरएनले आफ्नो सदस्यको ब्यक्तिगत विवरण र फोन नम्बर कहीँ कतै र कसैलाई उपलब्ध गराउने छैन भनेको छ । त्यसैले यस्ता क्रियाकलापहरु तुरुन्त नरोकिए मेरो ब्यक्तिगत सुरक्षाका खातिर कानुनी प्रकृयामा जान बाध्य हुनेछु ।’


सदस्यकै ब्यक्तिगत विवरणहरु व्बाहिरिएको विषयमा एनआरएन अष्ट्रेलिायाका अध्यक्ष केशव कँडेलसँग सम्पर्क गर्दा उनले भने,‘ आफ्नो ब्यक्तिगत विवरणहरु बाहिरिएको बिभिन्न प्रमाणहरु सहित उजुरी परेको साँचो हो । यो गम्भीर विषय हो, सोमबारको एनआरएनको बोर्ड बैठकमा हामी यो उजुरीका विषयमा बृहत छलफल गर्नेछौँ । हामी हाम्रा सदस्यहरुको गोपनियताका हकका विषयमा सावधानी रहँदा रहँदैपनि यस्तो हुनु दुःखद् हो ।’


स्मरण रहोस्, एनआरएनए अष्ट्रेलियाको नियमानुसार सदस्यहरुको ब्यक्तिगत विवरणको जानकारी अध्यक्ष, महासचिव र कोषाध्यक्षलाई मात्र हुनेछ ।


तपाइँको प्रतिक्रिया