आइतबार, वैशाख २३, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: ०८:५७ |सिड्नीको समय: ०६:५७ |काठमाडौंको समय: ०२:४२

आईसीसी सदस्यका १६ उम्मेद्वार, को के भन्छन्

एएनजेड खबरजुलाइ २७, २०२१


गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको आगामी शनिबार हुने निर्वाचनको सरगर्मी बढिरहेको छ । लोकतान्त्रिक पक्षधरको ‘साझा एनआरएनए सबल एनआरएन’ समूह र समावेशी समूह पक्षधरको हाम्रो एनआरएन’ समूह आफ्नो पक्षमा मतदातालाई तान्न तीव्र रुपमा लागिपरेका छन् ।
करिव १६ हजार मतदाता रहेको एनआरएन निर्वाचनबाट ८ जना प्रतिनिधिहरु अन्तराष्ट्रिय समन्वय समिति –(आईसीसी)मा प्रतिनिधित्व गर्नेछन् । सो ८ पदका लागि दुबै समूहबाट गरि १६ जना उम्मेदवारहरु मैदानमा देखिएका छन् ।

This image has an empty alt attribute; its file name is 3icc-candidate-final--1024x819.jpg


अष्ट्रेलियाका सबै राज्यबाट पाएको मतका आधारमा निर्वाचित हुनुपर्ने भएकाले आईसीसी सदस्य पदका उम्मेदवारको सक्रियता अन्य उम्मेदवारहरुको तुलनामा बढि देखिएको छ । साझा समूहबाट मैदानमा पाका सामाजिक अगुवा बुद्धि डलाकोटी, युवा ब्यवसायी प्रज्वल भट्टराई, सक्रिय सामाजिक अभियन्ता पर्शुराम(पिआर) अधिकारी,भिक्टोरियाका वर्तमान राज्य संयोजक प्रेमप्रसाद कँडेल, नविन भण्डारी, परेश घिमिरे, राजेश वुढाथोकी र सूर्य आचार्य उम्मेदवारको रुपमा देखिएका छन् ।

त्यसैगरी ‘हाम्रो एनआरएनए, राम्रो एनआरएनए’ समूहबाट सरोज पाण्डे, मल्टी डाईनामिक रियल स्टेटका मेघराज पौडेल, चन्द्रप्रसाद ढकाल, दिक्पालदेव पंगेनी, धर्मराज अधिकारी, अनन्त एलेक्स कार्की, चीनबहादुर नेपाली र राजकुमार अधिकारी उम्मेदवार रहेका छन् ।

त्यसो त निर्वाचनका दौरान आफ्नो पक्षमा मतदातालाई आकर्षित गर्न दुबै समूहले आकर्षक एजेण्डाहरु सार्वजनिक गरेका छन् । साझा समूहबाट आईसीसी सदस्य पदमा उम्मेदवार बनेका पुराना सामाजिक अभियन्ता पिआर अधिकारी भन्छन्, समुदायमा खेलेका बिगतका विविध भूमिकालाई मतदाताहरुले मध्यनजर गरेर आउँदा दिनहरुमा पनि समाजको हितलाई केन्द्र बिन्दुमा राखेर आगाडी बढ्ने मेरो चाहनालाई स्विकार्ने छन् भन्नेमा विश्वस्त छु । एनआरएनलाई सबैको साझा उद्देश्य प्राप्ति गर्ने माध्यम बनाउने उत्साहका साथ काम गर्नेछु ।

अधिकारीकै तर्कसँग सहमत छन् साझा समूहकै अर्का उम्मेदवार प्रज्वल भट्टराई पनि । भट्टराई भन्छन्, मेलमिलापको जगमा सबल र समृद्ध नेपाली समुदायको निर्माणले मात्र हाम्रो सान र मान अभिबृद्धि हुन्छ भन्ने मान्यतालाई आत्मसात् गर्र्दै एनआरएनले उठाउँदै आएको भिजन २०२० को एजेण्डालाई मूर्तरुप दिनका लागि पनि मैले आईसीसी सदस्यमा उम्मेदवारी दिएको हुँ ।

साझा समूहकै अर्का उम्मेदवार पाका समाजसेवी बुद्धि डल्लाकोटी एनआरएनले बोकको नेपालको आर्थिक र सामाजिक विकासमा सहयोगी भूमिका निर्वाह गर्न, एनआरएनएको राष्ट्रिय, क्षेत्रिय र अन्तराष्ट्रिय समितिबिच समन्वयकारी भूमिका निर्वाह गर्न आफू उम्मेदवार बनेको बताउँदै भन्छन्, ‘निर्वाचन प्रचारका दौरान आफूले मतदाताहरुबाट पाएको सकारात्मक प्रतिक्रियाले मलाई उत्साहित बनाएको छ ।’

त्यसो त ‘हाम्रो एनआरएनए, राम्रो एनआरएनए’ समूहबाट आईसीसी सदस्यको उम्मेदवार बनेका ब्यवसायी मेघराज पौडेलले यस पटकको निर्वाचनमा आफ्नो पक्षमा माहौल बनेको दाबी एएनजेड खबरसँगको कुराकानीका क्रममा बताए । मैले लामो समयदेखि एनआरएनए लगायतका विभिन्न सामाजिक संस्थासँग निकट रहेर आफ्नो तर्फबाट समाजमा योगदान पुर्याउँदै आएको छु’, एनआरएनले बोकेको उद्धेश्यहरुलाई पूरा गर्ने र सबैले हाम्रो अभिभावकीय संस्था हो भन्ने बनाउन मेरो उम्मेदवारी हो ।

This image has an empty alt attribute; its file name is final-saroj-megh-1024x519.jpg

त्यस्तै आईसीसी सदस्यका अर्का उम्मेदवार सरोज पाण्डे अहिले अष्ट्रेलिया भरका मतदाताबाट पाएको स्नेहबाट आफू उत्साहित बनेको बताउँदै भन्छन्,‘ यो अभिभावकीय संस्थालाई सबै गैर आवासीय नेपालीले अपनत्वको भावले हेर्न सक्ने बनाउनु छ । विशुद्ध सामाजिक सेवाको भावबाट नेपाल र प्रवासमा रहेका नेपालीहरुका लागि केही गरौं भन्ने सोचका साथ म उम्मेदवार बनेको हँु ।

साझा समूहकै उम्मेदवार प्रेम कँडेल आफूले एनआरएनसँग लामो समयदेखि निकट रहेर काम गरेको उल्लेख गर्दै यस संस्थाले बोकेका विविध उद्धेश्यहरुलाई परिपूर्ति गर्न आफूले उम्मेदवारी दिएको बताउदै भन्छन्,‘ सबैको साझा र सबल एनआरएनएको निर्माण गरि सामाजिक र आर्थिक विकासमा मातृभूमिका लागि काम गर्ने लगायतका विविध एजेण्डा सहित म निर्वाचनमा सहभागी भएको छु ।

त्यस्तै लामो समयदेखि पश्चिम अष्ट्रेलियामा रहेर एनआरएन लगायत विभिन्न सामाजिक संस्था मार्फत समाजसेवामा सक्रिय उम्मेदवारहरु राजेश बुढाथोकी र नविन भण्डारी पनि बिदेशमा सिकेको सिप , क्षमता र पुँजीलाई विविध कार्यक्रम माफर्त मातृभूमिमा सहयोगी भूमिका निभाउन आफूहरुको उम्मेदवारी रहेको बताउँछन् ।
त्यसो त साझा समूहकै उम्मेदवार दक्षिण अष्ट्रेलियाका सूर्य आचार्य र नर्दन टेरेटोरीका परेश घिमिरे पनि एनआरएन अभियानमा लामो समय बिताएका उम्मेदवारहरु हुन् । साझा समूहकै अन्य उम्मेदवार झै आशावादी बनेको आचार्य र घिमिरेपनि एनआरएनले वोकेको उद्धेश्यहरुलाई पूर्ति गर्न र नयाँ जोश जागरका साथ यसलाई सवैको अभिभावकीय संस्थाको रुपमा अगाडी बढाउनका लागि आफूहरुले उम्मेदवारी दिएको बताउँछन् ।
साझा समूहबाट नन्द गुरुङ्गले अध्यक्ष पदको उम्मेदवारी गर्दैछन् भने बामपन्थीसँगको गठबन्धनमा डाक्टर ज्ञानेन्द्र रेग्मीले हाम्रो एनआरएन समूहको नेतृत्व गर्दैछन् ।


तपाइँको प्रतिक्रिया