आइतबार, वैशाख २३, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: ०९:१२ |सिड्नीको समय: ०७:१२ |काठमाडौंको समय: ०२:५७

एनआरएन अष्ट्रेलिया अध्यक्षमा नन्दु गुरुङ्ग विजयी

एएनजेड खबरअगस्ट १, २०२१


गैरआवासिय नेपाली संघ अष्ट्रेलियाको शनिवार सम्पन्न निर्वाचनवाट नन्द गुरुङ्ग अध्यक्ष पदमा निर्वाचित भएका छन् ।
शनिवार अनलाइन मतदान मार्फत भएको निर्वाचनमा उनले ८५८६ मतका साथ जित हासिल गरेका हुन् । उनले आफ्ना प्रतिस्पर्धी डा. ज्ञानेन्द्र रेग्मीलाई करिब दोब्बर मतले पछि पारेका हुन् । डा. रेग्मीले ४८७९ मत प्राप्त गरे ।
यस्तै महासचिव पदमा अच्युत शर्मा थपलियालाई पराजित गर्दै क्यानबेराका राजुबाबु अधिकारी विजयी भएका छन् । अधिकारीले ७ हजार ८१५ मत पाउँदा शर्माले ४हजार ५७३ मतमै चित्त बुझाउनुपर्याे । सचिव पदमा सन्ध्या शाह ८ हजार १२२ मतसहित विजयी हुँदा प्रतिद्धन्द्धी तीर्थराज कार्कीले ४ हजार ४३३ मत पाए । सह कोषाध्यक्षमा ७ हजार ६८३ मतसहित राजकुमार नगरकोटी विजयी बन्दा प्रतिस्पर्धी कर्णकुमार यादव ४ हजार ३५२ मत मै सिमित बने । कार्य समितिको युवा संयोजकमा सिड्नीका महेश प्रसाई (म्याक्स)लाई पराजित गवर्दै भिक्टोरियाका बबिन मिश्र विजयी हुनुभएका छन् ।
आठ जना आइसिसी सदस्यहरुमा बुद्धि डल्लाकोटी, पर्शुराम अधिकारी, प्रज्वल भट्टराई, राजेश बुढाथोकी, प्रेमप्रसाद कँडेल, सूर्य आचार्य, परेशशराज घिमिरे, नविन भण्डारी विजयी भएका छन् ।
कोषाध्यक्षमा अनिल पोखरेल यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् भने सह–युवा संयोजकमा क्यानबेराका चन्द्र तिवारी निर्विरोध निर्वाचित भएकी छन् । एनआरएएन अस्ट्रेलियाको भगिनी संस्था नारी निकुञ्जको कोअर्डिनेटरमा एडिलेडकी मञ्जु खड्का निर्वाचित भएकी छन् ।
राज्य संयोजकहरुमा न्यु साउथवेल्सको संयोजकमा देववहादुर गुरूङ २ हजार ९१८ मतसहित विजयी हुदा प्रतिद्धन्द्धी प्रतिज्ञा अधिकारीले १ हजार ९१८ मत मात्रै पाइन् । त्यस्तै, क्यानबेराको संयोजकमा ७५४ मतसहित अशोक बस्नेत विजयी हुँदा प्रतिद्धन्द्धी अभिशेक उप्रेतीले ३४५ मत पाए ।

क्वीन्सल्याण्ड संयोजकमा विनोदभक्त आचार्य ९३९ मतसहित विजयी हुँदा प्रतिद्धन्द्धी आशीष न्यौपानेले २४८ मत मात्रै प्राप्त गरे । दक्षिण अस्ट्रेलिया संयोजकमा रेनुका लामाले ९३३ मतसहित वियज हासिल गर्दा प्रतिद्धन्द्धी सन्तोषी गौतमले ८३८ मत पाईन् ।
यस्तै, तास्मानिया संयोजकमा ६२१ मतसहित राकेश शाक्य विजयी हुँदा प्रतिद्धन्द्धी सन्देश परियारले ५४० मत पाएका छन् । नर्दन टेरिटोरी संयोजकमा आशीष भुसालले ३९३ मत पाउँदा विष्णु चापागाई ६१४ मतसहित विजयी भए । भिक्टोरिया राज्यको संयोजकमा हरि खड्का तथा वेष्टर्न अस्ट्रेलियामा दीपक बस्नेत यसअघि नै निर्विरोध निर्वाचित भइसक्नुभएको छ ।
कुल मतदाता १५ हजार २ सय ९८ रहेकोमा १४ हजार १ सय ९७ मत खसेको छ । यो मत कुल सदस्य संख्या अर्थात मतदाताको ९३ प्रतिशत हो । कोरोना महामारिका कारण पहिलो पटक अनलाईन भोटिङ मार्फत चुनाव सम्पन्न भएको हो ।
बिहान ७ देखि बेलुका ७ बजेसम्म अनलाईनबाट मतदान गर्न पाइने व्यवस्था गरिएको थियो । क्विन्सल्याण्ड, नर्दन टेरोटेरी र वेस्टर्न अष्ट्रेलियामा भने केही प्राविधिक त्रुटीको कारण मतदान केही ढिला शुरू भएको थियो ।

तपाइँको प्रतिक्रिया